दक्ष इन्टरनेसनल र राज ब्युटी एकेडेमी एण्ड मेकअप स्टुडियोको आयोजनामा अविवाहित र विवाहित महिलाहरूको सौन्दर्य प्रतियोगिता मिस एण्ड मिसेस ब्युटिफूल नेपाल यस वर्ष पनि हुने भएको छ।
राजधानीमा हुने प्रतियोगिताको छनौट प्रक्रियाका लागि आगामी फागुन १९ गते नया“ वानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्सको उमंग हलमा अडिसन हुने आयोजक संस्थाका अध्यक्ष टेकराज पाण्डेले यसबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए। पाण्डेका अनुसार अडिसनका सहभागीहरूबाट निर्णायक मण्डलले प्रतियोगीको छनौट गर्नेछ।
पाण्डेका अनुसार प्रतियोगिताबाट छनौट भएका प्रतियोगिलाई इन्द्रेणी सुइट होटलमा सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, मोटिभेसन क्लास तथा व्यक्तित्व विकाससम्बन्धी विषयमा सम्बन्धित विषयका विज्ञले एक महिनासम्म प्रशिक्षण दिनेछन्।
कमलादिस्थित सिटी सेन्टरको फुड कोटमा आयोजित पत्रकार सम्मेलनमा ख्यातिप्राप्त हास्य अभिनेता राजाराम पौडेलले यसखाले प्रतियोगिताले महिला सशक्तीकरणका क्षेत्रमा मद्दत मिल्ने बताए। लोकप्रिय गायक आनन्द कार्कीले महिलाहरूको आन्तरिक विकासका लागि मिस एन्ड मिसेस ब्युटिफूल नेपाल बलियो प्लेटफर्म भएको चर्चा गरे।
प्रतियोगिताका अफिसियल कोरियोग्राफर अश्विनीकान्त झाले दुबै प्रतियोगिता सहभागीका लागि जीवनोपयोगी हुने बताए। मिसेस ब्युटिफूल नेपाल २०२४ विजया अधिकारीले प्रतियोगिताले महिला सुदृढीकरणमा टेवा पुगेको अनुभव सेयर गरिन्। मिस ब्युटिफूल नेपाल २०२४ सजिना तामाङले प्रतियोगिता महिलाहरूलाई आफूभित्र अन्र्तनिहीत प्रतिभा प्रष्फुटन गर्ने महत्वपूर्ण अवसर भएको बताइन्।
प्रतिक्रिया