उत्साह जगाउने राजागंज


दीपक रौनियारको निर्देशनमा निर्मित फिल्म राजागंजको टिजर सार्वजनिक भएको छ।

फिल्मको टिजरले दर्शकमाझ उत्साह पैदा गर्छ। फिल्ममा सात महिला पात्रलाई मुख्य भूमिकामा प्रस्तुत गरिएको छ। दयाहाङ राई, आशा मगराती, विजय बराल, ऋचा शर्मा, गौमाया गुरुङ, पशुपति राई, पूर्व मिस नेपाल निकिता चण्डक, पुष्पा यादव, आरती मण्डल घनश्याम मिश्र, परमेश्वर कुमार झा, नीरज श्रेष्ठलगायतका कलाकारले अभिनय गरेको फिल्मले भेनिस, ह्याम्बर्ग, बुसान र मुम्बईजस्ता विश्वका ठूला फिल्म महोत्सवमा प्रभाव देखाइसकेको छ।

गत कात्तिक महिनामा ५ फेस्टिभलमा स्क्रिनिङ भएको फिल्मले भेनिसमा १० मिनेटको स्ट्यान्डिङ ओभेसन प्राप्त गरेको थियो। आगामी चैत्र १ गते रिलिज हुने फिल्म सत्य घटनाबाट प्रेरित रहेको जनाइएको छ।

फिल्म निर्माणमा आदि फिल्म्स्का तर्फबाट निर्देशक रौनियार र अभिनेत्री मगराती, बासुरी फिल्म्स्का तर्फबाट रामबाबु गुरुङ र मणिराम पोखरेल, अभिनेता दयाहाङ राई तथा तन्हाउसर गेटका तर्फबाट एलन आर मिलिगनले सहकार्य गरेका छन्।