काठमाडौं ।
नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला एक सय रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको मूल्य प्रतितोला एक लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।
गत शुक्रबार सुन प्रतितोला एक लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्य भने २५ रुपैयाँले घटेको छ।
महासंघका अनुसार, आज चाँदी प्रतितोला एक हजार ९६० रुपैयाँ कारोबार भइरहेको छ। गत शुक्रबार चाँदी प्रतितोला एक हजार ९८५ रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया