काठमाडौँ।
वीर अस्पतालको शल्यक्रिया कक्ष बाहिर चिकित्सकमाथि हातपात भएको छ। शुक्रबार अस्पतालको शल्यक्रिया कक्ष बाहिर गयास्ट्रो सर्जन डा. शरद पोख्रेल र सानुमाया मगरलगायत स्वास्थ्यकर्मीमाथि हातपात भएको अस्पतालका निर्देशक डा.सन्तोष पौडेलले बताए।
तोकिएको समयमा बिरामीको शल्यक्रिया नभएपछि आक्रोशित बनेका आफन्तले चिकित्सकमाथि हातपात गरेको बताइएको छ।
घटनामा संलग्न रामेछापको गोकुलगंगा गाउँपालिका-६ का २१ वर्षीय रामचन्द्र खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको अस्पतालले जनाएको छ











प्रतिक्रिया