सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?


काठमाडौं ।

नेपाली बजारमा आज सुन र चाँदीको कारोबार मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला रु एक हजार ६०० ले बढेर रु एक लाख ६८ हजार ५०० कायम भएको छ।

छापावाला सुन बुधबार प्रतितोला रु एक लाख ६६ हजार ९०० मा कारोबार भएको थियो । त्यस्तै आजका लागि चाँदीको कारोबार मूल्य प्रतितोला रु एक हजार ९८० तोकिएको महासङ्घले जनाएको छ।

अघिल्लो दिन चाँदी प्रतितोला रु एक हजार ९७५ मा कारोबार भएको चाँदी आज प्रतितोला रु पाँचले बढेको हो।