काठमाडौं ।
नेपाली बजारमा आज सुनको मूल्य तोलामा २२ सय रुपैयाँले बढेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुन प्रतितोला २२ सय रुपैयाँले बढेर १ लाख ६६ हजार ९०० रुपैयाँ कायम भएको छ।
यसअघि, मंगलबार छापावाल सुनको भाउ तोलामा १९ सय रुपैयाँले बढेर १ लाख ६४ हजार ७०० रुपैयाँ पुगेको थियो। यता, आज चाँदीको भाउ पनि तोलामा ४५ रुपैयाँले बढेर १९ सय ७५ रुपैयाँ कायम भएको छ।
यस अधि मंगलबार चाँदीको भाउ प्रतितोला १९ सय ३० रुपैयाँ कायम रहेको थियो।
प्रतिक्रिया