जेनिफर एनिस्टन र बाराक ओबामाको प्रेम चर्चा


एजेन्सी ।

गत वर्ष हलिउड अभिनेत्री जेनिफर एनिस्टन र पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाबीच प्रेम रहेको चर्चा यसपाली फेरि शुरू भएको छ।

सो विषयमा उनीहरू दुवैले कुनै प्रतिक्रिया नदिएपछि विस्तारै सेलाएको यो चर्चा फेरि सामाजिक सञ्जालमा शुरू भएको छ। जेनिफरको पुरानो एक अन्र्तवार्ताका कारण यो चर्चा फेरि शुरू भएको हो।

‘मलाई कुनै सञ्चारकर्मीको फोन आयो भने सोच्छु अब कस्तो अफवाह चल्ने हो’ जेनिफरले जिमी किमेल लाइभ कार्यक्रममा आफू र बाराकको विषयमा बोल्दै भनेकी छन्।

उनले बाराककी पत्नी मिसेल ओबामालाई बाराकलाई भन्दा बढी चिन्ने समेत बताएकी छन्। योस“गै जेनिफर र मिसेल ओबामाले एक साथ पोज दिइरहेको एक तस्विर पनि भाइरल भएको छ। गत वर्ष इनटच नामक म्यागेजिनमा द ट्रूथ अबाउट जेन एण्ड बाराक शीर्षकमा एक लेख छापेपछि उनीहरूको प्रेम र डेटिङको चर्चा शुरू भएको थियो।

यही विषयले बाराक र उनकी पत्नी मिसेलविच तनावको स्थिति आएको खबर समेत बाहिरिएको थियो। तर उनीहरूले यस विषयमा केही बोलेका थिएनन्।