काठमाडौं ।
आगामी फागुन २ गते रिलिजमा आउने फिल्म रंगीको शीर्ष गीत रंगी ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।
सार्वजनिक गीतमा आमेश भण्डारी र समीक्षा अधिकारीको स्वर, आमेशकै शब्द रचना र संगीत, रोमन बज्राचार्यको एरेन्ज तथा अविनाश चौलागाईंको प्रोग्रामिङ, मिक्सिङ र मास्टरिङ रहेको छ। गीतको भिडियोमा सलोन बस्नेत र मलिका महत फिचर्ड छन्।
रोमान्टिक फ्लेभरको गीतमा चिया बेच्दै हिँडेकी मलिकास“ग सलोनको भेट र त्यसपछि उनीहरुबीच अंकुराएको प्रेम देखाइएको छ। सलोन र मलिकालाई प्रेम, विवाह र सन्तानको अभिभावक बन्ने अवस्थासम्मको दृश्य गीतमा देखाइएको छ। गीतमा कविराज गहतराजको कोरियोग्राफी छ।
सान्भी इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनिश गौतमदारा निर्मित फिल्ममा सुरेश न्यौपानेको डेब्यू निर्देशन छ।
सलोन बस्नेत, नम्रता श्रेष्ठ, मलिका महत, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, विशाल पहारीलगायतले अभिनय गरेको फिल्ममा सुमन गजमेरको लेखन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको शब्द रचना, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, आनन्द कार्की, आमेश भण्डारी, भीम बिसी, समीक्षा अधिकारी, रजज्ञा श्रेष्ठ र सुजता केसीको स्वर, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी, सौरभ लामाको छायांकन र बन्दे प्रसादको सम्पादन रहेको छ।











प्रतिक्रिया