संगीतमा ओई माया ओई


काठमाडौं ।

छायाँछवी क्रियसनले नयाँ गीत ओई माया ओई सार्वजनिक गरेको छ। गीतकार एबम् पत्रकार शान्तिप्रियको शब्द रचना रहेको गीतमा दीपक शर्माले संगीत दिएका छन् भने सविन सुवेदी र पहिलो पटक मोडल कलाकार अनामीका चौलागाईले स्वर दिएका छन्।

गीतको भिडियोको निर्देशन सियोन श्रेष्ठले गरेका छन् भने कोरियोग्राफी सञ्जीवनी गोपालीको रहेको छ। दिनेश पराजुलीले छायाङकन गरेको भिडियोमा शिलान लम्सालको कलर र सम्पादन रहेको छ।

माया प्रेममा आधारित गीतको भिडियोमा मोडल कलाकार श्रीदेव भट्टराई र अनामिका चौलागाई फिचरीङ छन्। त्यस्तै बालकलाकारका रूपमा परिषा थापा र रोनीश खड्का भिडियोमा छन्।