काठमाडौँ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्यका क्षेत्रमा धेरै काम हुन नसकेको बताएका छन् ।उनले राज्यले नागरिकलाई दिनुपर्ने सेवा सुविधा न पुगेको भन्दै स्वास्थ्य मन्त्रालय यस्ता काममा सहकार्य गर्न तयार रहेको बताए ।
स्वास्थ्य पत्रकार मञ्च, नेपालका नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिन मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पौडेलले भने ‘जनचेतना मूलक काम स्वास्थ्य पत्रकारहरुसँगको सहकार्यमा गर्न सके मन्त्रीको पनि हाइट बढ्छ, स्वास्थ्य पत्रकारहरुसँग मिलेर जनचेतनाका लागि पैरवी गर्नु जरुरीछ ।’
मन्त्री पौडेलले मानिसमा रोग लाग्नबाट बच्ने उपायबारे जानकारी दिनका लागि निदानात्मक सेवा संचालन गर्नुपर्नेमा जोड दिए । उनले स्वास्थ्य पत्रकार मञ्चका पदाधिकारीहरुलाई योजना ल्याउँनुस राज्य सहकार्य गरेर अघि पढ्न तयार छ भने ।
उनले भने ,“सरकारले रोग लागेका विरामीलाई उपचारात्मक सेवा प्रदान गरिरहेको छ ।” “तर रोग लाग्नु भन्दा अगाडि पनि सचेतना कार्यक्रम संचालन गर्नका लागि निदानात्मक सेवा आवश्यक छ ।”
मन्त्री पौडेलले बिरामी भएका नागरिकको उपचार गर्नुपर्ने दायित्व सरकारको भएतापनि अब निदानात्मक कार्यक्रममा जोड नदिए उपचार सेवा पूर्ण ढङ्गले पु¥याउन सक्ने अवस्था नरहने बताए ।
“सरकारले उपचारात्मक क्षेत्रमा बढी काम गरिरहेको छ तथापि पर्याप्त भने छैन । त्यही कारण बिरामीको संख्या बढ्दै गएको छ । निदानात्मक सेवमा काम गर्न सक्यो भने विरामीको संख्याको पनि कमि आउँछ ।” मन्त्री पौडेलले सरकारले तोकेका ५ तहका अस्पतालमा एउटा तहलाई निदानात्मक केन्द्रको रुपमा विकास गर्ने लक्ष्य रहेको जानाकरी दिए । पछिल्लो समय शारीरिक बिरामीभन्दा पनि मानसिक बिरामी बढ्दै गएको भन्दै त्यसलाई रोक्न सचेतना अभिवृद्धि गर्नुपर्ने र यसको माध्यम स्वास्थ्य पत्रकारहरु हुने बताए ।मन्त्री पौडेलले स्वास्थ्य पत्रकारितालाई व्यवस्थित गराउनुपर्ने समेत बताए ।
कार्यक्रममा मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले स्वास्थ्य पत्रकारसंग मन्त्रालयले सहकार्य गरेर अगाडि बढ्ने बताए । मञ्चका अध्यक्ष भिषा काफ्लेले स्वास्थ्य पत्रकारको बृद्धि विकासमा मन्त्रालयले पहल गर्नुपर्ने बताइन् । सो अवसरमा नवनिर्वाचित कार्यसमितिलाई मन्त्री पौडेलले खादा लगाई बधाई तथा शुभकामना दिएका थिए ।











प्रतिक्रिया