भक्तपुर।
नेपाल सरकारले यस वर्ष एचपीभी खोपको औपचारिक राष्ट्रिय अभियान सुरु गरेको छ। खोप कार्यक्रम अन्तर्गत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई लक्षित गरी खोप लगाइने भएको हो। यही माघ २२ देखि फागुन ६ गतेसम्म देशभरका विद्यालयहरूमा एच. पी.भि खोप कार्यक्रम सञ्चालन गरिने छ।
भक्तपुरको चाँगुनारायण नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख तथा जनस्वास्थ्य अधिकृत दिल कुमार दुवालका अनुसार यो पहिलो पटक औपचारिक रूपमा राष्ट्रियस्तरमा खोप अभियान सञ्चालन हुन लागेको हो। उनले यसअघि प्रदेश र काठमाडौं उपत्यकाका केही अस्पतालमा नमुना खोप परीक्षण गरिएको जानकारी गराए।

चागुनारायण नगरपालिकामा जम्मा २०,९४४ जना किशोरीहरुलाई एचपीभी खोप दिइने भएको छ, जस मध्ये २०,४०५ विद्यालय जाने छात्राहरु हुने आकडा रहेको चागुनारायण नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दुवालले बताए।
विश्वमा हरेक २ मिनेटमा १ जना महिलाको पाठेघरको क्यान्सरको कारण मृत्यु हुने गरेको छ। नेपालमा महिलाहरुमा हुने क्यान्सर मध्ये पाठेघरको मुख्य क्यान्सर दोस्रो सबैभन्दा धेरै हुने क्यान्सर हो। महिलाहरुमा हुने विभिन्न क्यान्सर मध्ये पाठेघरको क्यान्सर चौथो मुख्य क्यान्सर हो। संसारमा ८८ प्रतिशत पाठेघरको मुखको क्यान्सरका बिरामी तथा मृत्यु हुने संख्यामा पनि न्यून र मध्यम आय भएका देशहरुमा देखिएको कुरा युनिसेफले जनाएको छ।
पाठेघरको तल्लो भाग योनिलाई जोडने भागमा लामो समय ह्युमन प्यापिलोमा नामक भाइरसको सङ्क्रमणको कारण हुने गर्दछ ।
एच आइ भि भएका युवतीहरुले यो खोप लगाउन मिल्छ कि मिल्दैन भन्ने जिज्ञासा जनमानसमा हुनसक्छ । सुन्दा एच.आइ. भि र एचपीभी उस्तै उस्तै सुनिए पनि दुई फरक किसिमका भाइरस हुन । एच.आइ.भि भएकाहरुले यो खोप झन् लगाउन जरुरी हुन्छ किनकि एच .आइ.भि भएकाहरुलाई एचपीभीको सङ्क्रमणको जोखिम झन् बढी हुने भएकोले यो खोप अझ प्रभावकारी हुने गर्दछ ।
यो खोप नेपाल सरकारले राष्ट्रिय खोप कार्यक्रम मार्फत नि:शुल्क दिइने सबै खोपहरु बिश्व स्वास्थ्य संगठनबाट मान्यता प्राप्त छ ।
नेपालको औषधि ब्याब्स्था बिभागले समेत स्वीकृत दिएपछि मात्र प्रयोगमा ल्याउने गरिन्छ । यस अभियानमा प्रयोग गरिने एचपीभी खोप विश्व स्वास्थ्य संगठनबाट गुणस्तरयुक्त प्रमाणित भइ विभिन्न देशमा प्रयोग भइरहेको खोप हो। यो खोप नेपालको औषधि ब्याब्स्था बिभागले गत बर्स नै प्रयोग गर्न स्वीकृत दिएको थियो ।त्यस पछि यो खोप राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत प्रयोगमा आउने भएको हो ।
सामाजिक सञ्जाल र अन्य जनमानसमा एच.पी .भि खोप नेपालमा परीक्षण गर्न लागिएको भन्ने जस्ता सूचनामा सत्यता नभएको बरु यो खोप परीक्षण पछि स्वीकृत खोप हो। यो खोप १४४ देशहरुले राष्ट्रिय खोप तालिकामा समाबेश गरेर किशोरीहरुलाई प्रदान गरेर प्रभावकारी नतिजा पाएको छ। नेपालमा क्यान्सरबाट मृत्यु हुने मध्ये प्रत्येक दिन पाठेघरको क्यान्सरबाट ४ जनाको मृत्यु हुने गरेको तथ्यांकले बताउँछ ।
महिनावारी भएको बेला यो खोप लगाउन मिल्छ कि मिल्दैन भन्ने जिज्ञासामा महिनावारीको कारण कुनै असर फरक नपर्ने साथै यो खोपले बाझोपन नगराउने बरु बाझोपन बढ्ने सम्भावनालाई घटाउन सक्ने देखिएको छ ।
यो रोगको रोकथामको लागि जनस्वास्थ्य समस्याको रूपमा नरहने अवस्थामा पुर्याउन नेपाल सरकारले सन २०३० सम्म ३ वटा गन्तव्य निर्धारण गरेको छ ।
१. ९०% उमेर १० देखि १४ बर्स भित्रका किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्ध खोप दिने ।
२. ९०% उमेर ३० देखि ४९ बर्सका महिलाहरुको पाठेघरको मुखको क्यान्सरको परिक्षण (स्क्रीनिङ) गर्ने ।
३.९०% पाठेघरको मुखको क्यान्सरको निदान भएका महिलाको उपचार गर्ने ।
यो खोप पुर्ण सुरक्षित छ,नि:शुल्क छ साथै यो खोपले जीवन रक्षा गर्दछ !











प्रतिक्रिया