संगीतमा मेटुँ भन्छु केरकार पारी


काठमाडौं ।

गायक साइराज खातीले मेटुँ भन्छु केरकार पारी बोलको गीत सार्वजनिक गरेका छन्। खातीले गीतकार सुरेन्द्र दियालीको गीतमा स्वर दिएका हुन्।

मेरो भ्वाइस युनिभर्सका फोर्थ रनर्सअप गायक खातीको यो गीतमा प्रसाद, पुजार सार्कीजस्ता फिल्मका लागि संगीत भरेका सुबास भुषालले संगीत दिएका छन् भने विश्व अधिकारीको एरेन्ज, मिक्सिङ र मास्टरिङ रहेको छ।

देशमा बढ्दो रोजगारीको कारण प्रेम र सम्बन्धहरू क्रमशः चिसिँदै गएको यथार्थलाई दृश्य कथामार्फत् भन्न खोजिएको छ। जसमा नायिका अन्जना बराइलीले अभिनय गरेकी छन्। अभिनेत्री बराइलीलाई साथ दिएका छन् गीतकार तथा कलाकार सुरेन्द्र दियालीले।

विशाल थापाको छायांकन रहेको म्युजिक भिडियोलाई गणेश शाहीले निर्देशन गरेका छन्। गीत भाका इन्टरटेनमेन्ट युट्युब च्यानलले बजारमा ल्याएको हो।