सुनको भाउ स्थिर रहँदा घट्यो चाँदी 


काठमाडौं ।

नेपाली बजारमा आज सुनको भाउ आइतबार स्थिर रहेको छ। यसै गरी चाँदीको भाउ भने सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा १ लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।

गत शुक्रबार पनि सुन तोलामा १ लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेको छ। यससँगै आज चाँदी १ हजार ९१० रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा चाँदी १ हजार ९१५ रुपैयाँमा किनबेच भएको थियो।