ईश्वरी बरालको ‘नैना रेशम’ गीत सार्वजनिक (भिडियोसहित)

1.03k
Shares

काठमाडौं ।


गायिका ईश्वरी बरालको गीत ‘नैना रेशम’ सार्वजनिक भएको छ। गायिका बरालले स्वर भरेको गीतको शब्द र संगीत सिर्जना राजकुमार बगरले गरेका हुन्।

नरेन्द्र वियोगीको एरेञ्ज रहेको गीतको भिडियो मुस्कान ढकालले निर्देशन गरेका हुन्। जसमा गायिका बरालसँगै स्मारिका ढकाल र शुरेस कोलीको अभिनय देख्न सकिन्छ।

नैना र रेशमबीचको प्रेमभावलाई देखाइएको उक्त भिडियोको छायांकन उत्तम हुँमागाईंले गरे भने सम्पादन विकास ढकालले गरेका हुन्।

सञ्चारकर्मीसमेत रहेकी गायिका बरालले यसअघि ‘खानदानी छोरी’, ‘हरेक रात सपनीमा’,’नरिसाउन होइ’लगायतका गीत गाएकी छन्।