पहिले पनि बनेका थिए उस्तै नाममा फिल्म

14.48k
Shares

काठमाडौं ।

रिलिजमा आइसकेको फिल्म एक्टर र एक्टर : टेक वनबीच उस्तै नामलाई लिएर लामो विवाद चल्यो। विवाद दुई फिल्मका निर्माताहरूबीच हुँदै चलचित्र विकास बोर्डसम्म पुग्यो।

बोर्डले भने एक्टरका निर्माताहरूलाई यो विवादको विषय आफ्नो क्षेत्राधिकारमा नपर्ने भन्दै फर्काइदियो। त्यसपछि एक्टरका निर्माता अदालतसम्म पुग्यो। अदालतले मुद्दा नै दायर भएपछि तत्कालका लागि रिलिज रोक्न आदेश दियो।

तर उस्तै नाममा फिल्म निर्माण भएको यो पहिलोपटक भने होइन। यसअघि पनि उस्तै लाग्ने थुप्रै फिल्म निर्मँण भई प्रदर्शनमा आएका छन्।

तीमध्ये कतिपय फिल्म एकै समयमा निर्माण भएका थिए भने कतिपय फिल्म फरक फरक समयमा निर्माण भएका थिए। निर्माणाधीन र रिलिजको तयारीमा रहेका थुप्रै फिल्म पनि उस्तै उस्तै लाग्ने नामका छन्।

उस्तै नाममा बनेका फिल्म