राखी सावन्त पाकिस्तानी अभिनेतासँग बिहे गर्दै


एजेन्सी ।

ड्रामा क्विनको उपाधिले परिचित बलिउड अभिनेत्री राखी सावन्तले तेस्रो विवाह गर्ने भएकी छिन्। हालै राखीले आफू पाकिस्तानी अभिनेता डोडी खानका साथ विवाह गर्न लागेको खुलासा गरेकी छन्।

भारतीय अनलाइन समाचार पोर्टल पलपल इण्डियामा प्रकाशित एक समाचारअनुसार राखीले ती अभिनेताका साथ विवाहदेखि हनिमुनसम्मको योजना बनाएको बताएकी छन्।

‘मलाई पानकिस्तानबाट धेरै नै प्रस्ताव अँइरहेका छन्। जब म पाकिस्तान गएँ, मानिसहरूले मैले पछिल्लो विवाहबाट कस्तो खालको दुःख पाएँ भन्ने देखे। म त्यहाँ जाँदा धेरैले विवाहको प्रस्ताव राखे। म निश्चित रूपमा एक प्रस्ताव स्विकार गर्नेछु’ उनले भनेकी छन्।
राखीले भारतीय र पाकिस्तानी एक –अर्काविना बाँच्न नसक्ने र आफूलाई पाकिस्तानी मानिसहरू निकै मन पर्ने समेत बताएकी छन्। ‘पाकिस्तानमा मेरा फ्यान पनि धेरै छन्। मेरो विवाह इस्लामिक रीति रिवाजअनुसार पाकिस्तानमा हुनेछ र हनिमुनको लागि स्विटजरल्याण्ड अथवा नेदरल्याड्स जानेछु’ उनले खुलाएकी छन्।

राखीले आफू विवाहपछि दुबईमा सेटल हुने समेत बताएकी छन्। ४६ वर्षिया राखीले पहिलो विवाह बिग बोस १५ का सहभागी रितेश सिंह र दोस्रो विवाह आदिल खानका साथ गरेकी थिइन्।