काठमाडौं ।
आगामी फागुन २९ गतेबाट रिलिजमा आउने फिल्म आउट ल : दफा २१९ का लागि त्यसका नायक सुशील श्रेष्ठले गजबको एक्सन गरेका छन्।
सुशीलले गरेको एक्सन नेपाली फिल्ममा अहिलेसम्म प्रयोग नभएको एक्सन हुने दाबी निर्माण पक्षको छ। केही साताअघि यसको टिमले ४० लाख खर्च गरेर एउटा एक्सन दृश्य छायांकन गरेको छ।
जसमा सुशीलले शरीरमा आगो लगाएर जोखिमपूर्ण साहसिक एक्सन दृश्य दिएका छन्। निर्माणपक्षका अनुसार, फिल्ममा करिब ५० मिनेट एक्सन छ। जसलाई हलिउड र कोरियन स्टाइलमा कोरियोग्राफी गरिएको छ।
विक्की महर्जनको लेखन र निर्देशन रहेको फिल्ममा सुशीलको साथमा शिक्षा संग्रौला, नरेश पौडेल, सुमन भण्डारी, हेम गुरुङ, सोनु लागुन, विशाल पहारीलगायतका कलाकारले अभिनय गरेका छन्।
अमित अग्रहरिद्धारा निर्मित फिल्ममा चुल्ठे काजीको एक्सन, नविन गुरुङको डीओपी र साहिल खानको सम्पादन रहेको छ। विनोद कठायत कार्यकारी निर्माता रहेको फिल्ममा विकास चौधरी सह–निर्माता छन्।











प्रतिक्रिया