काठमाडौं ।
राजधानीको रवि भवनमा सञ्चालन हुँदै आएको रोज ब्युटी एकेडेमीले हालै राजधानीमा २४औँ वार्षिकोत्सव मनाएको छ।
एकेडेमीको प्रबन्ध निर्देशक एवम् गणेशमान सिंह स्मृति बहुप्राििधक शिक्षालयकी प्राध्यापक कस्मोलोजिस्ट परिषी कारञ्जितको अध्यक्षता, एकेडेमीकी अध्यक्ष, लायन तथा ब्युटिसियन सोनी कारञ्जितको संयोजन तथा अभिनेता भुवन केसी र गणेशमान सिंह स्मृति बहुप्राविधिक शिक्षालयका प्रमुख डाकुरनाथ (डिएन) पराजुलीको प्रमुख आतिथ्यतामा पुरानो नैकापस्थित सफल भ्याली भ्यू रिसोर्टमा सम्पन्न समारोहमा एकेडेमीबाट ब्युटीसम्बन्धी एक वर्षीय डिप्लोमा उत्तीर्ण गरेका बहुसंख्यक र एकेडेमीमार्फत सिटिईभिटीबाट लेवल वन र टुको परीक्षासमेत उत्तीर्ण गरेकासहित ७० जना ब्युटिसियनलाई दीक्षित गरियो।
समारोहमा एकेडेमीकी अध्यक्ष सोनी कारञ्जितले २४ वर्ष अघि कोठाबाट पार्लरको रूपमा शुरू गरिएको संस्था आज चारतले भवनमा एकेडेमीको रूपमा सञ्चालन गर्न सफल भएको बताइन्।
यो अवधिमा आफूले करिब १५ हजार पुरुष तथा महिलालाई ब्युटिसियन तथा अन्य सिपमूलक प्रशिक्षण दिएर देश र विदेशमा दक्ष रूपमा सेवा गर्न सफल बनाएको जानकारी गराइन्। प्रमुख अतिथि अभिनेता भुवन केसीले यति धेरै विद्यार्थीलाई ब्युटी तथा अन्य सिपमूलक शिक्षा दिएर रोजगारमूलक बनाउनु प्रशंसनीय कार्य भएको बताए।
डिएन पराजुलीले नेपालमा सौन्दर्यकलाको विकासमा रोज ब्युटी एकेडेमीको अतुलनीय योगदान रहेको बताए। गीतकार तथा सञ्चारकर्मी डब्बु क्षत्रीले ब्युटीसम्बन्धी प्रशिक्षण दिने एकेडेमीमा रोज ब्युटी एकेडेमी अग्रणी स्थानमा रहेको बताए।
सञ्चारकर्मी एवम् गायिका विष्णुमाया पौडेलद्धारा सञ्चालित कार्यक्रममा एकेडेमीकी प्रबन्ध निर्देशक एवम् कस्मोलोजिष्ट परिषी कारञ्जितले धन्यवाद ज्ञापन गरिन्।
प्रतिक्रिया