काठमाडौं ।
आज बुधबारबाट रिलिजमा ल्याउने तयारीमा रहेको फिल्म एक्टरः टेक वनको प्रदर्शन हाललाई स्थगित भएको छ। फिल्मको नामलाई लिएर शुक्रबार फिल्मको प्रर्दशन रोक्न एक्टर नामकको फिल्म कम्पनीका तर्फबाट काठमाडौं जिल्ला अदालतमा रिट परेपछि मंगलबार अदालतले हाललाई प्रदर्शन रोक्न अन्तरकालीन आदेश दिएपछि यसको रिलिज रोकिएको हो।
न्यायाधीश ढाकाराम पौडेलको एकल इजलासले दिएको आदेशमा माघ २२ गते दुबै पक्षलाई छलफलमा बोलाइएको छ। फिल्म एक्टरका निर्माताले एक्टर : टेक वनको नाम आफ्नो फिल्मसँग मिलेका कारण आर्थिक प्रभाव परेकाले प्रदर्शन रोक्न माग गर्दै रिट दायर गरेका थिए भने रिटमा प्रतिलिपि अधिकार बमोजिम कारबाही गरी उचित क्षतिपूर्ति र उपयुक्त आदेश माग गरिएको थियो।
रिटमा सो नाममा फिल्म निर्माण गर्न अनुमति दिने चलचित्र विकास बोर्ड तथा उक्त फिल्मको निर्माण कम्पनी अदृत फिल्म्स् र मोती फिल्म्स्लाई विपक्षी बनाइएको छ। एक्टर : टेक वन रिलिजमा ल्याउनका लागि सोमबार राति भक्तपुरमा यसको भव्य प्रिमियर शो आयोजना गरिएको थियो।











प्रतिक्रिया