रंगीको संसारमा बाबु छोरीको माया


काठमाडौं ।

आगामी फागुन २ गते रिलिजमा आउने फिल्म रंगीमा समावेश गीत तिम्रै संसारमा सार्वजनिक गरिएको छ। एसआर डिजिटलबाट सार्वजनिक गीतमा भीम बिसी र रजज्ञा श्रेष्ठको स्वर, भीम बिसीको शब्द रचना र संगीत, उदयराज पौडेलको एरेन्ज तथा श्यामश्वेत रसाइलीको मिक्सिङ र मास्टरिङ छ।

भिडियोमा फिल्मका प्रमुख कलाकारहरू सलोन बस्नेत, नम्रता श्रेष्ठ, आयुषी ढकाल र सुमिन गुरुङलाई प्रस्तुत गरिएको छ। गीतले बाबु र छोरीको मायालाई चित्रण गरेको छ। गीतमा शिशिर खातीको कोरियोग्राफी छ।

सान्भी इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनिश गौतमद्वारा निर्मित फिल्म सुरेश न्यौपानेको डेब्यू निर्देशनमा बनेको हो।

सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, विशाल पहारीलगायतले अभिनय गरेको फिल्ममा सुमन गजमेरको लेखन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको शब्द रचना, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, आनन्द कार्की, आमेश भण्डारी, भीम बिसी, समीक्षा अधिकारी, रजज्ञा श्रेष्ठ र सुजता केसीको स्वर, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी, सौरभ लामाको छायांकन र बन्दे प्रसादको सम्पादन रहेको छ।