काठमाडौं ।
रोहित अधिकारीको निर्माणमा निर्माणाधीन फिल्म माइतीघरमा कलाकारको लाइनअप पूरा भएको छ। फिल्मको मुख्य भूमिकामा नायक धिरज मगरको इन्ट्री भएसँगै मुख्य कलाकारको लाइनअप पूरा भएको हो।
फिल्ममा तीन स्टार कलाकारले काम गर्ने पक्का भएको छ। फिल्ममा कलाकार केदार घिमिरे, प्रकाश सपूत र धिरम मगरले सँगै काम गर्न लागेका हुन्। नायिका उपासना सिंह ठकुरी र नव–नायिका दिकिला शेर्पा पनि अनुबन्धित भइसकेकी छन्।
फिल्ममा बुद्धि तामाङको पनि मुख्य भूमिका रहनेछ। आगामी वर्षको दशैंको फूलपातीबाट रिलिज गर्ने घोषणा गरिएको फिल्मको छायांकन केही महिनामा शुरू गर्ने तयारी निर्माण पक्षले गरेको छ।
मिलन तामाङको निर्देशनमा बन्ने फिल्ममा रविन शेरचन र धिरज तामाङको लगानी रहनेछ भने ईश्वरी श्रेष्ठ कार्यकारी निर्मात्री रहेकी छन्। चन्द्रकुमार दोङको कथा रहेको फिल्ममा रामशरण पाठकको संवाद र सुशन प्रजापतिको छायांकन रहनेछ।











प्रतिक्रिया