काठमाडौं ।
अभिनेता प्रदीप खड्का लामो समयपछि फिल्म एक्टरमार्फत दर्शकमाझ आउने भएका छन्। प्रदीप आगामी बुधबार प्रदर्शनमा आउने फिल्म एक्टर : टेक वनमार्फत दर्शकमाझ आउन लागेका हुन्।
फिल्म आफ्नो पहिचानका लागि गर्ने एक युवाको संघर्षबारे रहेको र केही हदसम्म आफ्नो जीवन संघर्षमा पनि मेल खाने उनले बताए।
‘फिल्ममा आफ्नो पहिचान निर्मँणका क्रममा आउने समस्यालाई कसरी पार गरिन्छ भन्ने विषय छ। यो हरेक युवाहरूलाई रिलेट गर्ने फिल्म हो। किनभने हरेक मानिस आफ्नो पहिचानको लागि भौतारिरहेको हुन्छ र समाजमा मेरो पनि केही पहिचान होस् भन्ने सोचिरहेको हुन्छ। प्रायः सबैमा आफ्नो पहिचानको भोक हुन्छ। त्यही कुरा फिल्ममा छ’ प्रदीपले सेक्सपियरको एक भनाइ सम्झदै भने ‘सेक्सपियरले वर्ल्ड इज अ थिएटर र हामी सबै कलाकार भनेको जस्तो मात्र होइन। हामी सबैलाई थाहा छ कस्तो परिस्थितिमा कस्तो व्यवहार गर्ने भनेर। परिस्थिति अनुसार कसरी मान्छेले एक्टिङ गर्छ भन्ने मानेमा मैले फिल्ममा काम गरेको छु।’
प्रदीपले पछिल्लो समय आफूले पाएको पहिचान जोगाउने हिसाबले काम गरिरहेको समेत बताए। ‘पहिले त मैले एक्सप्लोर गरिरहेको थिएँ। कसैले सिकाएर भन्दा पनि लर्निङ बाई डुइङ थियो। अहिले त्यो एक्सपिरिएन्सलाई एक्सपेरिमेन्ट गर्दैछु। फिल्ममा पनि धेरै कुरा मिल्छ’ प्रदीपको भनाई थियो।
फिल्मका अर्का अभिनेता सुशील सिटौलाले फिल्मबाट राम्रो अपेक्षा राखेको बताए। ‘फिल्ममा धेरै कुराहरू छन्। एउटा एक्टर बन्नका लागि मान्छेले के के गर्नुपर्छ, अन स्क्रिन र स्क्रिनपछाडि के के हुन्छ भन्ने कुरा नै फिल्ममा छ’ उनले भने।
फिल्मका निर्देशक राजन भुसालले फिल्म कथा र प्रस्तुतिका आधारमा मात्र नभई प्राविधिक पक्षमा पनि बलियो रहेको बताए। ‘अहिले नेपाली फिल्ममा आएका जनरा भन्दा बिल्कुल फरक जनरा र कन्टेन्टमा यो फिल्म बनेको छ। टेक्नोलोजिमा पनि सशक्त छ। हामीले यो फिल्मलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार तयार पारेका छौँ। यो फिल्म अन्तर्राष्ट्रिय प्लेटफर्ममा पनि जाँदैछ र सोही मापदण्डअनुसार भिजुअल र अडियो क्वालिटि तयार पारेका छौँ’ उनले भने ‘नेपाली फिल्म जगतमै पहिलोपटक प्राविधिक पक्षमा यत्तिको बलियो फिल्म बनेको छ। अन्तर्राष्ट्रिय प्लेटफर्ममा यो फिल्म गयो भने नेपाली फिल्म जगतलाई गौरवको कुरा हुनेछ।’
फिल्मको एक महत्वपूर्ण भूमिकामा रहेका अभिनेता राजबल्लभ कोइरालाले करिब १० वर्षपछि यही फिल्ममार्फत नेपाली फिल्ममा पुनरागमन गर्दैछन्। उनको अभिनयलाई भुसालले खास उपलब्धिका रूपमा व्याख्या गरे। ‘राजबल्लभ कोइरालाले यसअघि पनि फिल्ममा फर्कने प्रयास गर्नुभएको थियो। तर, उहाँ आफूलाई उपयुक्त लाग्ने भूमिका र फिल्मको पर्खाइमा हुनुहुन्थ्यो। यो फिल्मले उहा“लाई त्यो अवसर दिएको छ’ भुसालले भने।
आकाश बराल र राजन भुषालको लेखन रहेको फिल्ममा प्रदीप र सुशीलका अलवा दिव्या रायमाझी, आना शर्मा, राजबल्लभ कोइराला, सृजना अधिकारी, उषा रजकलगायतले अभिनय गरेका छन्।थमन भण्डारी र मोती कार्कीद्वारा निर्मित फिल्ममा अष्ट महर्जनको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन रहेको छ।











प्रतिक्रिया