-राहत कोष स्थापना गर्न परामर्श संस्थासँग अनिवार्य योगदान गर्नुपर्ने
काठमाडौं ।
परराष्ट्र मन्त्रालयले क्यानडामा अध्ययनरत विद्यार्थीको बिचल्ली अवस्थाबारे परामर्श संस्थालाई जिम्मेवार बनाउन पत्राचार गरेको छ । परराष्ट्रले शिक्षा मन्त्रालयलाई पत्राचार गरी शैक्षिक परामर्श संस्थाहरु मार्फत विदेश अध्ययन गर्न जाने विद्यार्थीहरु सम्बन्धीत मुलुकमा पुगेपछि समस्यामा परेमा निजको राहत उद्धार र स्वदेश फिर्ती कार्यमा त्यस्ता शैक्षिक परामर्श संस्थालाई जिम्मेवार बनाउन पत्र पठाएको हो ।
विशेषगरी शैक्षिक परामर्शमा आबद्ध केही संस्थाले विद्यार्थीलाई प्रलोभनमा पारेर क्यानडा पठाउने गरेको पाइएको छ । शिक्षा मन्त्रालयल स्रोतका अनुसार क्यानडामा पठाउने शैक्षिक परामर्शको बारेमा अध्ययन गरिरहेको छ । ‘ती संस्थामार्फ उच्च शिक्षा अध्ययनको लागि क्यानडा गएर बिचल्लीमा पार्ने संस्थाको तथ्याङक संकलन सुरु गरेको छ ।
स्रोतले भन्यो–क्यानडा पठाउने कति संस्था छन् खोजबिन गर्दैछौ, कुन शैक्षिक परामर्श संस्थाले कति विद्यार्थी पठाए र कुन संस्थाले पठाएका विद्यार्थी कति बिचल्लीमा परे भन्ने विषयमा अध्ययन सुरु गरेका छौ । गल्ती गर्नेमाथि कारबाही गर्नेछौ ।
शैक्षिक परामर्श संघ नेपाल ( इक्यान) का अध्यक्ष शेषराज भट्टराईले शिक्षा मन्त्रालयय,एनआरएनए लगायत संस्थाको सहयोगमा काम गरिरहेको जानकारी दिए । उनले भने–हामीले कानुन अनुसार पठाएका छौ, गल्ती गरेमा कारबाही गर्नेछौ ।’ उनका अनुसार करिब ८० शैक्षिक पराशर्मदाता संस्थाले वैदेशिक अध्ययनको लागि क्यानडा पठाइरहेका छन् ।
परराष्ट्र मन्त्रालयले पठाएको दुई बुँदे पत्रमा क्यानडामात्र नभै अन्य मुलुकमा समेत सान्दर्भिक हुँदा राहत उद्धार र स्वदेश फिर्ती प्रयोजनको लागि शैक्षिक परामर्श संस्थाहरुबाट अनिवार्य योगदान गराई एक उद्धार र रात कोष खडा गरी सोही कोषबाट विद्यार्थीको राहत, उद्धार र स्वदेश फिर्ती कार्यमा खर्च गर्ने उल्लेख छ ।
पछिल्लो समय परामर्श संस्थाले क्यानडामा पढाईसंगै काम गर्न पाईने प्रलोभन देखाउदै बढी संख्यामा विद्यार्थीलाई क्यानडा पठाएका थिए । परराष्ट्र मन्त्रालयले एकसाताअघि शिक्षा मन्त्रालयलाई पठाएको पत्रमा हाल क्यानडा अध्ययन गर्नजाने विद्यार्थीको संख्या उच्च रहेको सन्दर्भमा शैक्षिक परामर्श संस्थाले नेपालमा गर्ने प्रचारले जन्माएको अपेक्षा र त्यहापुगेपछि यथार्थ फरक परेको उल्लेख छ ।
क्यानडा सरकारले पछिल्लो समय आप्रवासन नियममा ब्यापक परिवर्तन गरेको र क्यानडामा अन्तर्राष्ट्रिय विद्यार्थीले डेरा र रोजगारी पाउन मुस्किल भएको हुनाले विद्यार्थीहरु अलपत्र परी सडकमा पुग्ने , प्रहरी हिरासतमा पर्ने, तनाव एवं मानसिक स्वास्थ्य सम्बन्धी समस्याले गर्दा आत्महत्या गर्नेजस्ता समस्या देखा परेको शिक्षा मन्त्रालयमलाई पठाएको पत्रमा उल्लेख छ ।
उक्त समस्या पर्नेमा नेपाली विद्यार्थीको संख्या अधिक रहेको क्यानडाका लागि नेपाली राजदुत भरतराज पौड्यालले लेख्नुभएको पत्रमा उल्लेख छ । राजदत पौड्लाले उक्तपत्र भदौ १४ र दोस्रो पटक पुस २३ गते लेख्नुभएको थियो । सोही पत्रको आधारमा परराष्ट्रले विद्यार्थीको विषय तत्काल समाधान गर्न शिक्षामन्त्रालयलाई पत्र पठाएको हो । शिक्षा मन्त्रालयलाई माघ ८ गते पत्र पठाएको थियो ।
अलपत्र परेका विद्यार्थीलाई न्युनतम सहयोग गर्न नियोगसंग बजेट प्रबन्ध नभएको अवस्थामा न्युनतम जरुरी मानवीय उद्धार, राहत र स्वदेश फिर्ती सुनिश्चित गर्न शिक्षा मन्त्रालयलाई पत्राचार गरेको हो ।
प्रतिक्रिया