मंगलम् २ बन्ने


काठमाडौं ।

२०७४ सालमा निर्माण भई बक्स अफिसमा सफल साबित भएको फिल्म मंगलम्को दोस्रो भाग मंगलम् २ निर्माण हुने भएको छ।
छविराज ओझा र दिजेन्द्र शाक्यद्वारा निर्माणाधीन मंगलम् २ मा मंगलम्का निर्देशक नवल नेपालले नै निर्देशन गर्नेछन्।

फिल्म छविराज प्रोडक्सन र गुण सिनेमा प्रालिको ब्यानरमा बन्नेछ। नवलले यसअघि यो ब्यानरका दुई फिल्म लज्जा र मंगलम् निर्देशन गरेका थिए।