माया, तिमी यसलाई एक घटना सम्झ
विन्ती यसलाई दुर्घटना नसम्झ
सम्झ सायद, यसरी छुट्नु नै भएको थियो भेट हाम्रो।
कविताको यो अंश आगामी फागुन २ गते रिलीजमा आउने फिल्म दुखी आत्माको हो। कवि श्रवण मुकारुङले लेखेका १० कविता फिल्ममा समावेश छन्। जसमध्ये, यसको निर्माण पक्षले पहिलो कविता सार्वजनिक गरेको छ। फिल्मको ब्रेकअप कविताको रुपमा यो अंश सार्वजनिक गरिएको हो।
सार्वजनिक कवितामा दयाहाङ राईको आवाज छ। भिडियोमा दयाहाङ नायिका आँचल शर्माको अगाडि बसेर कविता सुनाइरहेका छन्। आ“चल उनले सुनाएको कविता ध्यान दिएर सुनिरहेकी छन्। क्लक वर्क क्रियशनको व्यानरमा हिमाल कडरियाद्वारा निर्मित फिल्ममा दीपेन्द्र लामाको लेखन र निर्देशन छ।
सुदीप बराल कार्यकारी निर्माता रहेको फिल्ममा दयाहाङ राई र आँचल शर्माको साथमा अनुप विक्रम शाही, वुद्दि तामाङ, रेयर राई, पुष्कर गुरुङ, कविता आलेलगायतका कलाकाले अभिनय गरेका छन्।
यौन मनोविज्ञानमा बनेको एडल्ड ड्रामामा रामजी लामिछानेको कोरियोग्राफी, आलोक शुक्लाको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहेको छ।











प्रतिक्रिया