सोनाक्षी सिन्हाको प्रष्टोक्ति


एजेन्सी ।

बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले आफ्नो विवाहको ७ महिनापछि आफ्नो गर्भावस्थाका बारेमा मुख खोलेकी छन्।
गत जुनमा अभिनेता जहिर इकबालका साथ विवाह गरेकी सोनाक्षीको बारेमा विवाह लगत्तै गर्भवती रहेको गसिप फैलिएको थियो।

आफ्नो बारेमा फैलिएको खबरबारे सोनाक्षी मौन रहेपछि उनी गर्भवती रहेको भन्ने खबर बलिउडमा आगोसरी फैलिएको थियो। तर हालै एक समारोहमा उनले यसबारे मुख खोलेकी हुन्।

गर्भवती किट सार्वजनिक समारोहमा सोनाक्षीले आफू गर्भवती नरहेको र आफूबारे फैलिएको हल्ला झूटो रहेको बताइन्। ‘म यो कुरा साफ बताउन चाहन्छु कि म गर्भवती छैन’ हल्लाबारे खण्डन गर्दै उनले भनेकी छन्।

सामाजिक सञ्जालमा फैलिएको सो अफवाहप्रति आपत्ति जनाएपछि उनका फ्यानले भने सोनाक्षीले यसबारेमा प्रतिक्रिया दिन ढिला भएको प्रतिक्रिया दिएका छन्। मुस्लिम धर्मावलम्बी जहिरका साथ कोर्ट म्यारिज गरेकी सोनाक्षीको विवाहमा उनका दुई भाइ भने सहभागी भएका थिएनन्।

यसबारे हालै सोनाक्षीका पिता एवम् अभिनेता शत्रुघन सिन्हाले आफ्ना छोराहरूलाई कल्चरल शक (सांस्कृतिक आश्चार्य) भएकाले विवाहमा सहभागी नभएको हुन सक्ने र यसमा आफूलाई कुनै गुनासो नभएको बाताएका थिए।