बजारमा उषा गजुरेलको ‘कुटु कुटु’

17.3k
Shares

काठमाडौँ।

लोकप्रिय गायिका उषा गजुरेलको अफिसियल युटुब च्यानल मार्फत मंगलवार ‘कुटु कुटु’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । पछिल्लो समय लोक तथा आधुनिक गीतमा निक्कै चर्चित गायिका उषा गजुरेलको यो म्युजिक भिडियो स्रोताहरुको लागि सातौ उपहार हो ।

सम्राट दहाल र श्यामकुमार श्रेष्ठको लगानी रहेको ‘कुटु कुटु’ गीतमा उषा गजुरेलसंगै अर्का लोकप्रिय गायक राजु परियारको स्वर रहेको छ । दिनेश राज पुरीले लेखेको ‘कुटु कुटु’ गीतमा अर्जुन पोखरेलको सङ्गित रहेको छ ।

‘कुटु कुटु’ म्युजिक भिडियोमा दिनेश राज पुरीको शब्द र अर्जुन पोखरेलको सङ्गितसंग उषा गजुरेल र राजु परियारको स्वर जसरी जमेको छ, सुनिल क्षेत्री र एलिना रायमाझीको नृत्यले म्युजिक भिडियोलाई त्यसरीनै जीवन्त बनाएको छ ।

‘कुटु कुटु’ म्युजिक भिडियोमा प्रस्तुत सुनिल क्षेत्री र एलिना रायमाझीको नृत्यलाई सुनिल क्षेत्रीलेनै निर्देशन गरेका छन् भने अभि वाग्लेको कोरियोग्राफी, अजय रेग्मीको छायाङ्कन तथा अमृत चापागाईको सम्पादन रहेको छ । 

आफ्ना अरु गीतहरु जस्तै स्रोताहरुको लागि प्रस्तुत भएको सातौ उपहार ‘कुटु कुटु’ पनि लोकप्रिय हुने कुरामा आफु आशावादी रहेको गायिका उषा गजुरेल बताउँछिन् ।