सैफअली खान अस्पतालबाट डिस्चार्ज, स्वास्थ्य अवस्था स्थिर

2.73k
Shares

काठमाडौं ।

बलिउड अभिनेता सैफ अली खान लीलावती अस्पतालबाट डिस्चार्ज भएका छन् । सैफ अली खान डिस्चार्ज भएपछि उनका फ्यानहरुले राहतको सास फेरेका छन् । सैफ अली खानलाई अस्पतालबाट घर लैजाँदा पत्नी करीना कपूर पनि उनीसँगै देखिएकी थिइन् ।

यसअघि करिना कपुर पति सैफ अली खान डिस्चार्ज हुनुअघि नै अस्पताल पुगेकी थिइन् । करीना कपुरले सेतो रंगको टी–सर्ट लगाएकी थिइन् । ५ दिनपछि उनका श्रीमान् सैफ अस्पतालबाट डिस्चार्ज हुने उनको अनुहारमा राहतको भाव थियो । 

चिकित्सकहरुका अनुसार सैफको स्वास्थ्यमा अहिले सुधार भइरहेको छ र उनको अवस्था अहिले स्थिर रहेको छ ।