सुशान्त केसी फागुनमा भक्तपुरमा गुञ्जने


काठमाडौं ।

लोकप्रिय गायक तथा गीतकार सुशान्त साढे दुई वर्षको अन्तरालपछि नेपालमा फेरि गुञ्जिने भएका छन्। सुशान्त आगामी फागुन २४ गते शनिबार भक्तपुरमा गुञ्जिन लागेका हुन्।

बार्दली, सारंगी, साथी, आमाजस्ता हिट गीत दिएका सुशान्तले कन्सर्टमा पुराना हिट गीतसँगै नयाँ गीत पनि प्रस्तुत गर्नेछन्। कन्सर्टबारे जानकारी दिन राजधानीमा आयोजित पत्रकार सम्मेलनमा सुुशान्तले लामो समयपछि काठमाडौं उपत्यकामा हुन लागेको कन्सर्टलाई लिएर उत्साहित रहेको बताए।

‘उपत्यकामा प्रस्तुति दिनु सधैं विशेष अनुभव हो। समर्थकहरूको माया मेरो प्रेरणा हो र संगीतको यो यात्रामा सहभागी गराउन उत्साहित छु’ सुशान्तले पत्रकार सम्मेलनमा भने। उनले सो अवसरमा एक नयाँ ट्रयाकसमेत प्रस्तुत गर्ने भएका छन्। ‘यो कन्सर्टकै लागि भनेर मैले एउटा नया“ गीत तयार गरेको छु। कन्सर्टमा सो गीत सुनाउनेछु’ उनले खुलाए।

कन्सर्ट एस केसी इंक र द रोयल नेपाल इभेन्ट्सको संयुक्त आयोजनामा हुन लागेको हो। आयोजकले कन्सर्टमा करिब १५ हजार दर्शक सहभागी हुने अपेक्षा गरेका छन्।