मायावीका लागि झल्कियो पल र दीपिकाको प्रेम


काठमाडौं ।

आगामी फागुन १४ गतेबाट रिलिजमा आउने फिल्म मायावीको दुई नयाँ पोस्टर सार्वजनिक गरिएको छ।
सार्वजनिक पोस्टरमा नायक पल शाह र नायिका दीपिका प्रसाईंलाई प्रस्तुत गरिएको छ।

एक पोस्टरमा पल दीपिकासँग रोमान्टिक देखिएका छन् भने अर्को एक पोस्टरमा पल भावुक देखिएका छन्। दुई पोस्टरबाट फिल्मले प्रेम र पीडाको भाव व्यक्त गर्ने संकेत गरेको छ।

दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा बनेको फिल्म क्रियटिभ सिने आर्टस्को ब्यानरमा नेम महर्जन, ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्तद्वारा निर्मित तथा राजु पराजुली र सुमित वली सह–निर्माता, प्रविन भट्टराई र करण सिंह कार्यकारी निर्माता रहेको फिल्ममा पल र दीपिकाको साथमा सुशील सिटौला, करिश्मा श्रेष्ठ, नव–कलाकार समीम खान, राजाराम पौडेल, प्रशान्त ताम्राकार, लक्ष्मी गिरी, अंशु महर्जन, रवि डंगोल, रमा प्रसाईं, दीपेन्द्र सिम्खडा, संगीता सिलवाललगायतका कलाकारले अभिनय गरेका छन्।

सांगीतिक प्रेम कथामा बनेको फिल्ममा शम्भुजित बास्कोटा र एसडी योगीको संगीत, कविराज गहतराज र प्रवीण सिंहको कोरियोग्राफी तथा मिलन श्रेष्ठको सम्पादन रहेको छ।