काठमाडौं ।
नयाँ वर्ष २०८२ को छेको पारेर आगामी चैत २९ गते रिलिज हुने फिल्म पिताम्बरको टिजर रिलिजको छोटो समयमै १५ लाख बढी दर्शकले हेरेका छन्। सोमबार सार्वजनिक एक्सनपूर्ण टिजर हालसम्म १५ लाख बढीले हेरिसकेका छन् भने २४ सय बढी दर्शकले प्रतिक्रिया दिएका छन्।
फिल्मकी निर्देशक कृषा चौलागाईंले टिजर रिलिजको छोटो समयमा नै दर्शकबाट उत्कृष्ट प्रतिक्रियासहित १५ लाख बढी पटक टिजर हेरिनु खुशीको विषय भएको बताइन्। दर्शकले फिल्मको प्रमुख कलाकारको एक्सनलाई निकै मन पराएका छन्।
निर्देशक कृषा चौलागाई निर्देशित फिल्ममा विशाल चौलागाईं निर्माता छन्। केपी फिल्म्स् र पुरुषोत्तम प्रधान फिल्म्स्को ब्यानरमा निर्मित फिल्ममा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले, रविन्द्र भट्टराई, बाल कलाकार आर्नव घिमिरे, प्रयुस दत्त सुवेदी, आध्य लामिछाने, आरोह चौलागाईं, सुप्रोल बुढाथोकी (अनमोल) लगायतले अभिनय गरेका छन्।
पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सह–निर्माता, सुमन गौतम कार्यकारी निर्माता रहेको फिल्ममा प्रदीप भारद्वाज तथा अभिमन्यु निरवीको पटकथा र संवाद, आशिष अविरल र बाबुल गिरीको संगीत, हिमाल केसीको द्वन्द्व निर्देशन, पुरुषोत्तम प्रधानको डीओपी, शेरबहादुर लामा र मानकृष्ण महर्जनको छायांकन तथा बन्दे प्रसादको सम्पादन रहेको छ।











प्रतिक्रिया