छानिए मिलिनियम किड्स इन्टरनेसनल


काठमाडौं ।

बालबालिकाको प्रतिभात्मक प्रतियोगिता मिलिनियम किड्स इन्टरनेसनल २०२५ मा ४ विजेता छानिएका छन्। प्रतियोगितामा जुनियर र सिनियर विजेता बालबालिका छानिएका हुन्।

राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा हालै सम्पन्न प्रतियोगितामा जुनियर बालकतर्फ अदृत कुवँर जुनियर बालिका तर्फ तोरिशा भण्डारी विजयी भए। त्यस्तै, सिनियर बालकतर्फ निभर्य श्रेष्ठ र बालिकातर्फ संस्कृति केसी विजेता भए।

प्रतियोगितामा जुनियर बालकतर्फ शाश्वत भट्टराई फस्ट र रुसेभ तामाङ सेकेन्ड रनर्सअप, जुनियर बालिकातर्फ इभाना लामा फस्ट र दिप्ता श्रेष्ठ सेकेण्ड रनर्सअप, सिनियर बालकतर्फ प्रनित महर्जन फस्ट र ज्याकोब सापकोटा सेकेन्ड रनर्सअप तथा बालिकातर्फ रिहाना रिजाल फस्ट र इनोसी चौधरी सेकेन्ड रनर्सअप भए।

मेनका खत्री, सन्तोष चापागाईं, किरण कटुवाल, आशिष थापा, सन्ध्या नकर्मी, सबरीना मधिकर्मी, नीलिमा मास्के श्रेष्ठलगायत निर्णायक रहेको प्रतियोगिता रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले आयोजना गरेको हो। प्रतियोगिताको कोरियोग्राफी मोडल तथा फेसन कोच राज फैजुले गरेका थिए।