हुम्ला ।
हिमाली जिल्ला हुम्लामा चौथो पटक परेको हिमपातपछि शुक्रबार बिहान मौसम खुलेसँगै देखिएको सदरमुकाम सिमकोट बजार यस्तो देखिएको हो ।

विहीबार बिहान देखि हुम्ला सदरमुकाम सिमकोट हिमपातले सेताम्मे बनाएको छ । सिमकोट नजिका गाउँपालिकामा ५ इन्च हिउँ जम्मको छ भने उत्तरी नाम्खा गाउँपालिकामा एक फिट भन्दा बढी हिउँ परेको बताइएको छ। मंगलबार वेलुकादेखि मौसममा आएको फेरबदलले बाक्लो बादल लाग्नुको साथै विहीबार बिहान १० बजे देखि हिमपात निरन्तर भईरहेको थियो । हिमपात र मौसममा आएको खराबीपछि हुम्लाको आकाश खुलेको छ। मौषममा सुधार भएसँगै सदरमुकाम सिमकोट बजार यसका आसपासका क्षेत्र हिउँले पुरै ढाकेपछि रमणिय बनेको छ ।

समुद्री सतहदेखि ६ हजार मिटरको उचाईमा अवस्थित १२००सय बर्ष पुरानो रलिङ्ग गुम्बा, लिमीको हल्जी गुम्बा,पन्चमुखी हिमाल लगायतका अहिले हिउँले ढाकिएको छ। यसवर्ष सधैको वर्षमा भन्दा यस पटक कम हिउँ परेको रलिङ्ग गुम्बाका पुजारी स्यारब लामाले बताए । विगतका बर्षमा भन्दा यसवर्ष तेति सोचे जस्तो हिउँ झरेन पुजारी लामाले बताए ।

हिमपाताको समयमा सिमकोटको शिव मन्दिर,रलिङङ्ग गुम्बा लगायतका हुम्लाका उतरी हल्जी गुम्बा संगै प्राकृतिक मनमोहक दृश्यको अवलोकन समेत गर्न सकिने भएकाले स्वदेशी तथा विदेशी आउने गरेको हुम्ला रिर्सोटका होटल व्यवसाय प्रकास रावत बताउँछन्। हिउँको आनन्द लिँदै हिउमा चिप्लेटी खेल्ने र स्कि खेल गर्न रमाईलो अनुभव भएको फोटो पत्रकार अविनाश लामा बताउन्छन् ।

भौगोलिक दृष्टिले युरोप खेलिने स्कि भन्दा नेपालमा कैयौं गुणा रोमाञ्चक तथा साहसिक हुने भएकाले अहिले नेपालका हिमाली जिल्ला हुम्ला पनि स्कि खेलको विस्तार गर्नुपर्ने अबस्था लामाले बताए ।
सेताम्मे हिउँ पर्दा कठ्याङ्ग्रीदो जाडोमा परे पनि हिउँ खेल्न पाउँदा भने मक्ख देखिन्छन्। धेरैजसो स्वदेशी विदेशीहरु हिउँ परेको दृश्य क्यामरामा कैद गर्दै रमाइरहेका छन् ।

हिउँले यहाँका बाटाघाटा सेताम्मे भएका छन् भने घर,मठमन्दिर गुम्बाहरु समेत हिउँमय देखिन्छ। हिउँ पर्दा चिसो बढे पनि डाँडाकाँडा र हिमाल हिउँले ढाकिएको दृश्यले सबैलाई सबैलाई चकित पारेको छ ।



प्रतिक्रिया