ललितपुर।
स्वास्थ्य सेवालाई सबैको पहुँच योग्य बनाउने र आर्थिकस्तर कमजोर भएका मानिसहरुलाई लक्षित गरी ललितपुर महानगरपालिका– ६ वडा कार्यालयले अरनिको समाजसंग मिलेर शनिबार निशुल्क बृहत् स्वास्थ्य शिविर आयोजना गरेको छ ।
कनिबहालस्थित वडा कार्यालय परिसरमा आयोजित शिविरमा नशा, हाडजोर्नी, जनरल मेडिसिन, पेट तथा कलेजोको परीक्षण गरिएको थियो । शिविरमा करिब १ सय २० जना लाभान्वित भएको वडाध्यक्ष रुपेन्द्रराज शाक्यले जानकारी दिए।
स्वास्थ्य परीक्षणका लागि डा. सर्वोत्तम श्रेष्ठ, डा. प्रमोद देवकोटा,डा. कृष्णगोपाल महर्जन, र डा. सुशील प्रजापतिसहित स्वास्थ्यकर्मीहरुको टोली खटिएको थियो।स्वास्थ्य सेवामा सबैको सहज पहुँच पु¥याउने उद्देश्यले एकपछि अर्को गर्दै लगातार स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।











प्रतिक्रिया