काठमाडाैं ।
चर्चित गायिका मेलिना राईले बिबाह गर्न लागेकी छन् । लमजुङका डाक्टर ध्रुव गुरुङसँग उनले भोलि लगनगाँठो कस्न लागेकी हुन् ।
उनकाे वैवाहिक कार्यक्रम गोकर्णेश्वरस्थित हिमाली घर रिसोर्टमा हुने भएको छ ।
केही समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरुले हालै इन्गेजमेन्ट गरेका थिए । इन्गेजमेन्टको तस्वीर र भिडियो सार्वजनिक भएको छ ।
मेलिना राईका ‘पिरेम नलाउनी’, ‘बैंसै बेइमानी’, ‘नाच फिरिरि‘’ लगायत थुप्रै नेपाली गीतहरू लोकप्रिय रहेका छन्।
प्रतिक्रिया