पल शाह बने महाराजाधिराज


काठमाडौं ।

माघे संक्रान्तिको अवसर पारेर महाराजाधिराज नामको फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ। फिल्मको फस्टलुकले दर्शकमाझ उत्सुकता जगाएको छ।

अनेकौं समस्या म देख्छु जगतमा, छ कि दोष हाम्रो आफ्नै रगतमा नारा राखिएको फिल्मको पोस्टरमा दुई कलाकार देखिएका छन्। एक जना रार्जिर्ष पहिरनमा छन् भने अर्को व्यक्ति नग्न अवस्थामा प्रस्तुत गरिएको छ।

रार्जिर्र्ष पहिरनमा रहेका व्यक्तिले शिरमा श्रीपेच र हातमा राजदण्ड बोकेका छन्, जसले उनी राजा भएको संकेत गर्दछ। उनको अगाडि कुर्सीमा बसेका नग्न व्यक्ति शारीरिक रूपमा निकै कमजोर देखिन्छन्।

फिल्मको फस्टलुकले समस्या आफै“मा रहेको झल्को दिन्छ। अनेकौं समस्या म देख्छु जगतमा, छ कि दोष हाम्रो आफ्नै रगतमा लेखिएको स्लोगनले व्यक्ति स्वयं समस्यामा रहेको संकेत गर्छ। राजा होस् वा नागरिक समस्या हरेक व्यक्तिमा छ भन्ने यो स्लोगन र पोस्टरले जनाएको छ। दुबै पात्रमा पल शाह छन्।

परिच्छेद सेनले निर्देशन गर्ने फिल्ममा कथा पनि उनी स्वयंको छ। छत्रेश्वरी म्यानेजमेन्ट प्रालिको ब्यानरमा विराज बिष्टले प्रस्तुत गर्ने फिल्म टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्काले निर्माण गर्न लागेका हुन्।

विराजले यसअघि बुलाकी निर्माण गरेका थिए भने निर्देशक सेनले प्रेमगञ्ज निर्देशन गरेका थिए। फिल्म आगामी दसै“को फूलपातीमा आउने निर्माण समूहले जानकारी गराएको छ।