काठमाडौं ।
गत मंसिर ७ गते रिलिजमा आएको फिल्म तेल भिषाले हालै प्रदर्शनको ५१औँ को रेकर्ड बनाएको छ।
फिल्मले १२ वटा फिल्म हलबाट प्रदर्शनको ५१औँ दिनको रेकर्ड बनाएको हो।
फिल्म क्यूएफएक्स, एफक्यूब, रञ्जना सिनेप्लेक्स, बीएसआर मुभिज, वान सिनेमाज, डीम्याक्स सिनेमाज, फ्रेन्डस सिनेमाज, सिने रोयललगायत मल्टिप्लेक्समा ५१औँ दिन प्रदर्शनको रेकर्ड बनाएको हो। दक्षिण भारतीय फिल्म पुष्पा २ का कारण न्यून शोमा खुम्चिनुको बाबजुद फिल्मले दर्शकको साथ पाएपछि पाचौँ हप्तामा थप शो पाएको थियो।
सिनेमामा अभिनेता विपिन कार्की बाबु र छोराको दोहोरो भूमिकामा छन्। तेल भिषा हेर्दा यो फिल्म अभिनेत्री पूजा चन्दका लागि बनेको देखिन्छ। उत्कृष्ट प्रस्तुति र कथा वाचनका साथ अगाडि बढेको फिल्ममा पूजाले सानदार अभिनय गर्दै सशक्त अभिनयकलाको नमूना पेश गरेकी छन्।
निर्देशक घिमिरेकै लेखनमा बनेको फिल्ममा विपिन र पूजासँगै वर्षा राउत, ऋचा घिमिरे, बुद्धि तामाङ, सुचित्रा उप्रेतीलगायतका कलाकारका साथ अमेरिकी कलाकारले अभिनय गरेका छन्।
वेलडन क्रियसनको ब्यानरमा अनिल पाण्डे र शिवराज कार्कीद्वारा निर्मित फिल्ममा आशिष अविरल, कल्याण सिंह र कृष्ण भारद्वाजको संगीत, रामजी लामिछाने र शिशिर खातीको कोरियोग्राफी, सुशन प्रजापतिको छायांकन र अजय खड्काको सम्पादन रहेको छ।
प्रतिक्रिया