मोडल हन्टमा ४८ को प्रतिस्पर्धा



काठमाडौं ।

मोडल हन्ट नेपाल २०२५ को नवौं संस्करण हुने भएको छ। प्रतियोगिताको अन्तिम स्पर्धामा ४८ प्रतियोगी भिड्ने भएका छन्।

विभिन्न अडिसनबाट ३० महिला र १८ पुरुष गरी ४८ प्रतियोगी छानिएको आयोजक नेक्स्ट मोडल्स नेपालकी कार्यकारी निर्देशक यतना पाण्डेले जानकारी गराएकी छन्।

छनौट भएका प्रतियोगीलाई व्यक्तित्व विकास, शारीरिक बनावट,  र्‍याम्प वाक, बडी ल्याङ्वेज, फोटोसुट, एक्सप्रेसनलगायतका ग्रुमिङ कक्षामा सहभागी गराइने आयोजकले जानकारी गराएका छन्। प्रतियोगिताको कोरियोग्राफी कोरियोग्राफर सबिता कार्कीेले गर्नेछिन्।

प्रतियोगितामा विजयी हुनेले ५ लाख बराबरको पुरस्कारका साथमा आगामी सेप्टेम्बरमा कम्बोडियामा हुने मिस एण्ड मिस्टर सेलिब्रेटी इन्टरनेसनलमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन्।