डिजाइनर रनवेको ४ उपाधि आईआईएफटीलाई


काठमाडौं ।

भक्तपुरमा सम्पन्न पाँचौं संस्करणको फेसन डिजाइनरको प्रतियोगिता द नेशनल डिजाइनर रन वे २०२४ को ४ प्रमुख उपाधि आईआईएफटी स्कुल अफ फेसन एंड इन्टेरियर डिजाइनका फेसन डिजाइनरले जितेका छन्।

प्रतियोगिताको प्रमुख उपाधि सो डिजाइनका प्राङ्देन हानी लिम्बुले चुमेका छन्। विभिन्न संस्थामा अध्यनरत र ग्राजुएट १४ फेसन डिजाइनर प्रतिस्पर्धी रहेको प्रतियोगितामा आईआई एफटीकै सबी श्रेष्ठ फस्ट रनर्सअप, अर्का ग्राजुएट फेसन डिजाइनर ओमान कोमेन जुकान्द्री सेकेण्ड रनर्सअप र सजिना मोनिकर मस्ट पपुलर भए। विजेताहरूलाई प्रतिनिधि सभाकी उप–सभामुख इन्दिरा राना तथा निर्णायकले ताज र विभिन्न पुरस्कार प्रदान गरे।

राज्य मिडिया नेटवर्कको आयोजना र एभेन्टोज नेपालको प्रस्तुतिमा सम्पन्न प्रतियोगितामा आइआइएफटी, एनसिएफटी र आइइसीका फेसन डिजाइनरले सहभागिता जनाएका थिए।

डिजाइनरले डिजाइन गरेका पहिरनलाई ३८ मोडलले र्याम्पमा प्रस्तुत गरेका थिए। प्रतियोगितामा मनीषा डंगोल श्रेष्ठ, सविन ढुंगाना, ज्वालाराज पोखरेल, सूर्यदीप घतानी, निशा श्रेष्ठ र नेपाल टेलिभिजनकी वरिष्ठ समाचार सम्पादक शोभा श्रेष्ठ निर्णायक थिए। प्रतियोगिता फेसन कोरियोग्राफर तथा सञ्चारकर्मी रोजिन शाक्यको कोरियोग्राफीमा सम्पन्न भएको थियो।