काठमाडौं ।
ब्लकबस्टर फिल्म पूर्ण बहादुरको सारंगीका निर्देशक सरोज पौडेलले नयाँ फिल्म कोशेढुंगा निर्माणको घोषणा गरेका छन्।
पौडेलले आफूले निर्देशन गर्ने फिल्मको थिम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरेका हुन्।
थिम पोस्टरमा घुरमैलो बिहानीलाई पृष्ठभूमिमा राखेर पहाडलाई हेरिरहेकी एक महिला उभिएकी छन्। माथि डाँडामा उभिएकी उनको अगाडि अग्लो रुख र पहाडी शैलीको घर छ। परपर क्षितिज छ। घुरमैलो कलरले पहाडी कठिन जीवन, अग्लो रुखले पहाडी जीवन बाँच्नेका अग्ला सपना र क्षितिजले भेट्न नसकिने सपनाको संकेत गरेको छ। डाँडामा उभिएर पहाडलाई हेर्दै गरेकी महिलाले पहाडी जीवन छोडेर सपना पछ्याउन हिँडेको जनाउ दिएकी छन्।
अभाव, अग्लो सपना र संघर्षको कथा फिल्मले भन्ने संकेत गरेको छ। निर्माण पक्षले जानकारी गराएअनुसार फिल्म आगामी २०८२ सालमा रिलिजमा ल्याइनेछ। नरदेवी फिल्म्स्को ब्यानरमा प्रेविल क“डेल र हरि महतले निर्माण गर्ने तथा दिनेश खड्का कार्यकारी निर्माता रहेको फिल्ममा संगीत रिदम कँडेल र आषिश अविरल, कास्टिङ डिरेक्टर सुवलमणि सापकोटा, छायांकन निर्देशन बाबु श्रेष्ठ र सम्पादन सुरेन्द्र पौडेलको रहनेछ।
‘पूर्ण बहादुरको सारंगी जसरी दर्शकले मन पराउनुभयो, त्यसैगरी मन जित्ने सिनेमा बनाउने प्रयासमा छौ“’ निर्देशक पौडेलको भनाई छ। उनले निर्देशन गरेको पूर्ण बहादुरको सारंगीले नेपाली बक्स अफिसबाट मात्रै करिब ५० करोड रुपैया“ कलेक्सन गरी हालसम्मको सर्वाधिक कमाई गर्ने नेपाली फिल्मको रेकर्ड बनाएको छ।
प्रतिक्रिया