पश्चिमेली भाकामा छोड सताउन


काठमाडौं ।

गायक गायिका ओम सुनार र सरिता भारतीको स्वरमा छोड सताउन बोलको गीतको भिडियो हालै ओएसआर डिजिटल युट्युबबाट सार्वजनिक भएको छ।

पश्चिमेली लोक भाकामा आधारित गीतमा संगीत र संगीत संयोजन ओम सुनारको रहेको छ भने शव्द रचना डब्बु क्षेत्रीको रहेको छ। कर्णाली र सुदुरपश्चिम प्रदेशमा प्रयोग हुने छोट्या र छोट्टी (केटा र केटी) शब्द टिपेका क्षेत्रीले सोही शब्दलाई गीतमा प्रयोग गरेर स्थानीय भाषालाई गीत र भिडियोमा तयार पारेका हुन्। गीतको भिडियोको निर्देशन पनि डब्बु क्षेत्रीले नै गरेका छन्।

गीतको भिडियोमा अभिनेताहरू सनम कठायत, प्रवण भुसाल, मोडलहरू प्रतीक्षा काफ्ले, सजिना लामिछाने, रंजित सिञ्जाली र गायिका सरिता भारतीले मोडलिङ गरेका छन्।

भिडियोमा नकुल गिरी, हरिकृष्ण गिरी, सुरेन्द्र गिरीलगायत पनि छन्। भिडियोमा कोरियोग्राफी कृष्ण रसाल तथा छायांकन, सम्पादन र रंग संयोजन राजेन्द्र पाण्डेको छ।