केही सहकारी संस्थामा समस्या आएको धेरै भयो तर अहिलेसम्म समस्या समाधान हुन सकेको देखिँदैन। सहकारीमा हुने गतिविधिमा निगरानी राख्न सम्बद्ध नियामक निकायहरुबाट स्वच्छ अनुगमन हुनुपर्ने हो तर हुन सकेको छैन। अब यसरी सहकारीहरुलाई छाडा छोडिदिने, राजनीतिक संरक्षण प्रदान गर्ने र सर्वसाधारणको सानो बचतमा आँखा लगाउने प्रवृत्तिविरुद्ध सहकारीसँग सम्बद्ध सरोकारवालाहरु सचेत बन्नु नै अहिलेको आवश्यकता हो। यसरी सचेत बनेर कर्तुतहरुको भण्डाफोर गर्दै सहकारीलाई वास्तविकतामै स्वच्छ, पारदर्शी बनाउनपट्टि लाग्नुपर्दछ। साथै सहकारीमा नियतवश ठग्नेहरुविरुद्ध खरो उत्रेर पीडितहरुको उद्धारका लागि अभियान नै सञ्चालन गर्नु आवश्यक देखिन्छ।
नियतवश सहकारी संस्थालाई पातालमा पु¥याउने घटनाले सहकारीका मान्यता र सिद्धान्तको नराम्रोसँग धज्जी उडाउँदै आएकोले सहकारी अभियानमा यो अत्यन्त आपत्तिजनक व्यवहारको रुपमा चित्रित भएको छ । अहिले सहकारीहरु आफ्ना सम्पूर्ण सदस्यहरुसँग सँगसँगै मिलेर सबैको आर्थिक, सामाजिक, सांस्कृतिकलगायत हरेक पक्षमा उन्नति गर्ने÷गराउने कार्य भइरहेका बेला सहकारीको मान्यता विपरीत आफैं कमाऊँ आफैं मात्र उन्नति गरौं भनेजस्तै गरी अघि बढेका पो हुन् कि भनेजस्तो देखिन्छ । यसमा सम्बन्धित निकायको खै ध्यान पुगेको ?
आ–आफ्नै परिवारका सदस्य तथा नातेदारहरुलाई जागिर खुवाउने, अनि उनीहरुकै माध्यमबाट हिसाबकिताब मिलाउने गरेको पनि पाइएको छ । अनि जस्तासुकै अनियमितता भए पनि चुपचाप ढाकछोप गर्ने, आन्तरिकरुपमा मिलान गर्ने, आ–आफ्नै मिलेमतोमा आफूले कम दरमा ऋण लिने, अरुबाट अर्थात् पहुँच नहुनेहरुबाट बढी ब्याज असुल्ने गतिविधि त झन् कति हो कति भइरहेका छन् । नियामक निकायहरुले त्यसको कुनै लेखाजोखा गरेको पाइँदैन । त्यसैले अब सहकारीका सदस्यहरु अर्थात् सरोकारवालाहरु नै सचेत र जागरुक होऔँ ।
– सलकुमार खत्री, रामेछाप ।
प्रतिक्रिया