काठमाडौँ।
कान्ति बाल अस्पतालले आफ्नो ६३ औँ वार्षिकोत्सव मनाएको छ। अस्पतालले सोमबार एक कार्यक्रमकाबीच ६३ औँ वार्षिकोत्सव मनाएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रीको प्रमुख आतिथ्यमा सम्मपन्न ६३ औँ वार्षिकोत्सव अवसरमा निर्देशक डा पंकज रायले गत आर्थिक वर्ष २०८०-०८१ मा २ लाख ४ हजार २ सय ९९ जनाले अस्पतालबाट सेवा लिएको जानकारी दिए ।
निर्देशक डा. रायका अनुसार ५१ हजार ८ सय ८६ जना बिरामीले इमर्जेन्सीमा सेवा लिए भने भर्ना भएर सेवा लिने बिरामी ९ हजार ६ सय ८५ जना छन् । अस्पतालले एक वर्षमा ३ हजार २७६ जनालाई शल्यक्रिया सेवा दिएको छ । जसमध्ये ९८२ जनाको मेजर शल्यक्रिया गरेको छ । त्यस्तै १ हजार १७ जनाको मध्यम शल्यक्रिया र १ हजार २ सय ७८ जनाको माइनर शल्यक्रिया गरिएको जानकारी गराए ।
त्यस्तै डाइग्नोष्टिक सेवाअन्तर्गत अस्पतालले ५ लाख ३७ हजार ४३९ ल्याबरोटोरी सेवा, ५१ इन्डोस्कोपी, ११ कोलोनोस्कोपी, ९९ ब्रोनचोस्कोपी, १ हजार ६१० सिटी स्क्यान, ५२ हजार ८५६ एक्स–रे, २५ हजार ३५३ युएसजी र १ हजार ४७ ईईजी सेवा लिएका छन् ।
आर्थिक वर्षभरीमा ५ करोड ११ लाख ४४ हजार ९०१ रुपैयाँको निःशुल्क सेवा दिएको अस्पतालको तथ्यांकमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया