धादिङ ।
पृथ्वीनारायण शाहले गोरखा राज्य विस्तारका क्रममा प्रयोग गरेको पदमार्गलाई पहिचान गरी नेपाली सेनाले सुरु गरेको एकीकरण पदयात्रालाई धादिङमा स्थानीय सरकारले भव्य स्वागत गरेको छ ।
३०३ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अबसरमा गाेरखाबाट सुरु गरिएको एकीकरण पदयात्रालाइ धादिङकाे सल्यानटारमा त्रिपुरासुन्दरी गाउँ पालिका अध्यक्ष राजु उप्रेती, उपाध्यक्ष देवराज धरेल, वडाअध्यक्षहरु लगायत स्थानीयहरुले पंचेबजा बजाएर स्वागत गरेको छ ।
नेपाल एकीकरणका क्रममा प्रयोग भएको पदमार्गको संरक्षणका लागि टर्च, राष्ट्रिय झन्डा र पृथ्वीनारायण शाहकै पालामा स्थापना भएका नेपाली सेनाका पाँच कम्पनीका झन्डासहित सुरु भएकाे पदयात्रा धादिङ आइपुगेको हो ।
रिपुमर्दन गणले धादिङको शिवदल गणलाई झन्डा र टर्च हस्तान्तरण गरेपछि धादिङ खण्डको ४२ किलोमिटरको पदयात्रामा सुरु गरेको शिवदल गणका ६१ जनाले धादिङ खण्डको पार गरेपछि बुधबार शेर गणलाई गणलाई टर्च हस्तान्तरण गर्नेछ ।
पृथ्वीनारायण शाहले नेपाल एकीकरणका क्रममा १८०२ मा नुवाकोटमा हमला गर्दा गोरखा राज्यले बूढीगण्डकी किनारमा रहेको बोर्लाङ्गघाट पार गरी सल्यान्टार, सामरी भञ्ज्याङ हुँदै धादिङको पदमार्ग प्रयोग गरेको इतिहास छ ।
तत्कालीन समयमा काठमाडौंको हनुमान ढोका र गोरखासम्मको दूरी २६ कोस रहेको र कोसैपिच्छे ढुङ्गा गाडिएकोमा सात वटा कोसेढुङ्गा धादिङमा रहेका छन् । सल्यानटनर, रानीपौवा, हांसेपसल, खहरेबजार, लाकुरी, कटुञ्जे, भोक्टिनी र थर्पुमा कोशेढुङ्गा छन् ।
धादिङ खण्डमा तीन दिन हुने पदयात्रा यिनै कोशेढुङ्गा भएर गरिने छ । २१ गतेदेखि सुरु भएको पदयात्रा पौष २७ गते पृथ्वी जयन्तीका दिन काठमाडौं पुगेर सकिने छ ।
शिवदल गणका गणपति कर्णेल अरुण कार्कीले सल्यानटारमा आयाेजित समाराेहमा एकताकाे सन्देश, पृथ्वीनारायण शाहले अासिर्वाद लिएका, पुजागरेका र अन्य धार्मिक स्थल पाटी, गढी किल्लाकाे संरक्षणका लागि इतिहास सम्झिने काम यात्राले गराएकाे बताए ।
श्री नम्बर ६ बाहिनि अड्डाका बाहिनीपति अरुणप्रताप राणाले पृथ्वीनारायण शाहले गरेको नेपाल एकीकरणले दिएको सन्देश र नेपालकाे गाैरवका बारेमा सबै नागरिकले जानकारी हुनुपर्ने बताए ।
एकीकरण मार्ग लगायत ऐतिहासिक धरोहरहरुको जगेर्नासँगै पर्यटन प्रवर्धन गर्ने उद्देश्यका साथ २०७६ सालदेखि नेपाली सेनाले एकीकरण मार्गमा पदयात्रा गर्दै आएको छ ।
गोरखादेखि धादिङ, नुवाकोट हुँदै जङ्गी अड्डासम्म “गोरखा-काठमाडौ एकीकरण मार्ग पदयात्रा- २०८१ कार्यक्रम संचालन गरेको हाे ।
धादिङकाे तत्कालिन ऐतिहासिक स्थलहरु संरक्षणमा स्थानीय सरकार लागेकाेले सबैले सघाउन अाग्रह गर्दै त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष राजु उप्रेतीले पुर्काकाे याेगदानकाे कदर गर्दै अहिले पुस्ताले जिवन्त धराेहरहरु संरक्षण गर्नुपर्ने बताउनुभयो । टाेलटाेलमा स्थानीय बासीले स्वागत गर्दै अघि बढेको पदयात्रा टोली कटुन्जेमा बास बसेको छ ।
प्रतिक्रिया