सपनीमा नाजिर र सृष्टि रोमान्टिक


काठमाडौं ।

आगामी माघ ११ गते रिलिज हुने फिल्म मिसिङः केटी हराएको सूचनामा समावेश गीत सपनीमा हालै ललितपुरमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ।

गीतमा इन्दिरा जोशी र करण परियारको स्वर तथा करुण थापाको शब्द र संगीत छ। गीतकार थापा २० वर्षपछि यही गीतमार्फत पाश्र्व गीत लेखनमा कमब्याक भएका हुन्।

गीतमा फिल्मका प्रमुख कलाकार नाजिर हुसेन र सृष्टि श्रेष्ठलाई फिचरिङ गरिएको छ। नाजिरले परिकल्पना गरेको घर र परिवारबाट सुरुवात हुने गीतमा नाजिर र सृष्टिलाई रोमान्टिक भावमा देखाइएको छ। गीतमा कोरियोग्राफर रामजी लामिछानेले सृष्टि र नाजिरलाई डान्सिङ शैलीमा प्रस्तुत गरेका छन्।

कार्यक्रममा गायिका इन्दिराले फिल्मले तराईको पात्रलाई हिरोको रूपमा स्थापित गराएको भन्दै राम्रो कथावस्तुको फिल्ममा स्वर दिन पाएकोमा खुशी व्यक्त गरिन्। गायक करणले फिल्ममा पाश्र्व गायनको सपना मिसिङः केटी हराएको सूचनाले पूरा गरेको बताए।

गीतकार तथा संगीतकार करुणले निर्देशक दीपेन्द्र गौचनलाई नेपाल फर्किएर राम्रो कथाको फिल्म बनाउन सधै“ हौसाइरहने स्मरण गर्दै फिल्मका लागि दुई गीत तयार भए पनि सपनीमालाई सबैले मन पराएकाले फिल्ममा समावेश गरिएको खुलाए। करुणले लेखेका गीत आगो लाग्यो दिलैमा र बादल वर्षा बिजुली अत्यधिक लोकप्रिय छन्।

निर्देशक दीपेन्द्र गौचनले संगीतप्रति आफ्नो पूरानो लगाव रहेकाले फिल्मको कथा सुहाउ“दो गीत तयार पारिएको बताए। भिडियोका कोरियोग्राफर रामजी लामिछानेले निर्देशक र गीत लेखनमा कमब्याक गरेका दिग्गजस“ग सहकार्य गर्न पाउँदा खुशी लागेको बताए।

ट्राइ सिटी पिक्चर्सकै ब्यानरमा निर्मित फिल्ममा नाजिर र सृष्टिस“गै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल, ओमप्रकाश कर्णलगायतले अभिनय गरेका छन्।

नकिम उद्दिन कार्यकारी निर्माता रहेको फिल्ममा मनोहर दास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन, र सञ्जय भट्टचन सह–कार्यकारी निर्माता, अमितेष शाह सहायक निर्माता रहेका छन् भने फिल्ममा दीपेन्द्र गौचनको कथा र लेखन, अमित पोखरेल र अमितेष शाहको सहायक लेखन, अमित पोखरेलको स्क्रिप्ट सुपरभिजन, दीपेन्द्र गौचन, प्रवेश मल्लिक र करुण थापाको संगीत, दीपेन्द्र गौचन, अमितेष शाह, करुण थापाको शब्द, सितुसित बस्नेत, रोहित जोन क्षेत्री, प्रवेश मल्लिक, नेहा प्रियदर्शनी, करण परियार र इन्दिरा जोशीको स्वर, राजीव कर्णको कोरियोग्राफी, शंकर महर्जनको द्वन्द्व, अमर महर्जनको डीओपी र निमेष श्रेष्ठको सम्पादन रहेको छ।