लाइभलीद्वारा अभिनेता जस्टिनमाथि यौन उत्पीडनको आरोप



हलिउड अभिनेत्री ब्लेक लाइभलीले आफ्नो सह अभिनेता तथा फिल्म निर्माता जस्टिन बाइडोनीमाथि यौन उत्पीडनको आरोप लगाएकी छन्।

उनले आफुमाथि आफ्नो सह अभिनेताले कार्यस्थलमा अनुचित व्यवहार गरेको र शारीरिक वजनप्रति टिप्पणी गरेको आरोप लगाएकी हुन्। ब्लेकका अनुसार फिल्म इट इन्ड्स विथ असको सुटिङको क्रममा बाल्डोनीले शारीरिक एवम् मानसिक रूपमा प्रताडित गर्ने कोसिस गरेका थिए।

गत शुक्रवार उनले अमेरिकाको क्यालिफोर्नियास्थित सिभिल राईट्स डिपार्टमेन्टमा यससम्बन्धी उजुरीसमेत दर्ता गराएकी छन्। लाइभलीले आफ्नो उजुरीमा अभिनेताले आफ्नो सहमति विना नै ओठमा बारम्बार चुम्बन गरेको र यो निकै राम्रो छ भनेको उल्लेख गरेकी छन्।

त्यस्तै आफू मेकअप रुममा कपडा फेरिरहँदा बिना अनुमति भित्र छिरेको र विना अनुमति नै फिल्ममा ग्राफिक गरेका कामुक दृश्य समावेश गरेको बताएकी छन्। ब्लेकले यसको बिरोध गरेपछि फिल्मबाट शो दृश्य भने हटाइएको छ।

आफूले बिरोध गरेपछि जस्टिनले आफू र आफ्नो पतिबारे अपमानजनक टिप्पणी गरेको तथा अन्य एक निर्माता समेत भएको बेला पोर्न फिल्मको लत भएको बारे कुरा गरेको समेत उल्लेख गरेकी छन्।

जस्टिनको फिल्म कम्पनीका वेफरर स्टुडियोका अटार्नी ब्यायन फ्रीडम्यानले भने जस्टिनलाई लगाएको आरोप पूर्ण रूपमा झुठो रहेको बताएका छन्। मिडियामा जस्टिनको छवि खराब गर्ने उद्देश्यले नियोजित रूपमा नै यो काम गरिएको उनले बताएका छन्। यदि सो आरोप पुष्टि भएको खण्डमा जस्टिनविरुद्ध कानुनी कारबाही हुनेछ।