काठमाडौं ।
सौन्दर्य क्षेत्रमा उत्कृष्ट सेवा दिँदै आएको फेसियल हाउसले हालै १७औं वार्षिकोत्सव मनाएको छ। काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलको प्रमुख आतिथ्यता र फेसियल हाउसकी प्रबन्ध निर्देशक एवम् ब्युटिसियन सुष्मा महराको अध्यक्षतामा राजधानीको त्रिपुरेश्वरस्थित बगनभिल्लामा सम्पन्न कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएको थियो।
कार्यक्रममा उपमेयर डंगोलले गरिमा शाहीलाई बेस्ट अलराउन्डर पर्फर्मर अवार्ड, विनिता पुराकोटी र धना थापालाई बेस्ट बिह्यावियर एण्ड भ्याल्युज अवार्ड, वबस्ट कस्टमर सर्भिस अवार्ड सनिदेवल ठाकुर, जीवन चौधरी, मनोज ठाकुर र विजयकुमार ठाकुरलाई, बेस्ट अप्रेशनल एक्सिलेन्स अवार्ड कमल ठाकुरलाई, बेस्ट पर्फर्मेन्स अफ इयर अवार्ड दुर्गा ढुंगाना र इशा राना मगरलाई, बेस्ट पर्फर्मर अवार्ड अस्मिता थापा, झरना गुरूङ, तारा भुजेल, सृष्टि म्रिङचिङ र अंकिता लामा, बेस्ट स्किन केयरतर्फको अवार्ड जेनी तामाङ, पुनम घर्ती मगर, ईश्वरीकुमारी जोशी, इन्दु तामाङ र इन्दुमाया तामाङ, बेस्ट टिम इम्पावरमेन्टतर्फको अवार्ड प्रीति रानालाई प्रदान गरिएको छ।
कार्यक्रममा फेसियल हाउसका संरक्षक तथा कर्पोरेट खबरका प्रधान सम्पादक शाहले स्वागत मन्तव्य राखेका थिए। सो अवसरमा फेसियल हाउसले गरेका क्रियाकलापको १२ मिनेट लामो वृत्तचित्र (डकुमेन्ट्री) प्रस्तुत गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि उपमेयर सुनिता डंगोलले फेसियल हाउसको १७औं वार्षिक उत्सवको शुभकामना व्यक्त गर्दै फेसियल हाउस महिलाको सशक्तीकरणको उदाहरण बनेको बताइन्।
‘ब्युटिले ब्यक्तिको कन्फिडेन्स बढाउन अझ उत्साह ल्याउँछ। त्यतिमात्र होइन एउटा महिलाको सफलताले धेरै महिला दिदीबहिनीलाई प्रेरणा मिलेको छ’ उनको भनाइ थियो। हाउसकी प्रबन्ध निर्देशक सुष्मा महराले १७ बर्षसम्मको यात्रासम्म आउनमा फेसियल टिमबाट मात्र सम्भव भएको बताइन्।
प्रतिक्रिया