बाजुराका टावरमाथि बेकामे भ्युटावर, राज्यको लगानी बालुवामा पानी 

20.3k
Shares

बाजुरा। 

 बाजुराका गगनचुम्वी डाँडामा निर्माण गरिएका भ्युटार बेकामे अवस्थामा छन् । जिल्लाका विभिन्न ठाउँमा निर्माण गरिएका भ्युटावरहरु  प्रयोगविहन अवस्थामा मात्र छैन, राज्यकोषको करोर्डौ रुपैंयाको लगानी बालुवामा पानी सरह भएको छ । 

बुढिनन्दा नगरपालिकाको कोल्टी गाउँकोमाथि निर्माण गरिएको भ्युटावर निर्माणदेखि नै प्रयोग विहीन छ । कोल्टीको डाँडाबाट पुरै सेरोफेरो देखिन्छ । प्राकृतिक टावर डाँडामाथि भ्युटार  राखेदेखि एकजाना मान्छे चढेको देखेको छैन । त्यहाँ टावरको सट्टा एक वृद्धाश्रम निर्माण गर्न सके कमसेकम बुढाबुढीको विश्राम गर्ने थलो  त बन्थ्यो, बुढिनन्दा नगरपालिकाका पूर्व वडाध्यक्ष भिमबहादुर कार्कीले भने । कोल्टीमा खानेपानीको अबस्था नाजुक छ ।  सिंचाइँ कुलोनहुँदा  किसानले पानीपालो कुर्नुपर्ने अवस्था छ । जनप्रकाश माविको अधुरो भवन निर्माण अहिलेसम्म अलपत्र छ   खेलमैदान नहुँदा   जिल्लामा खेलकुद आयोजना गर्न नसकिने अवस्था  छ  पूर्व अध्यक्ष कार्कीले भने । 

 बडिमालिका नगरपालिका वडा न. सात कालाजग्रा आफैमा पाँच हजार फिट  भन्दा माथि उचाइमा छ । कालजग्राबाट  यसैपनि  पश्चिमतिर  फर्किदा  अछाम, डोटी बझाङ्ग  देखिन्छ । उत्तर पूर्व पर्किदा हुम्ला, जुम्ला मुगु  र कालिकोट देखिन्छ । त्यो हाईटमा  फेरि  टावर थप्न भनेको राज्यश्रोत दोहन गर्नु हो । कालाजग्रा टावर निर्माण गर्नुभन्दा ढम्कनेमा आलु भण्डारण केन्द्र,पाण्डुपैनमा स्याउ कोल्ड स्टोर, खानेपानी, सिंचाइ र विद्यालयमा  लगानी गरे नागरिकले प्रत्यक्ष लाभ उठाउन सक्थे । पेटपाल्न मुस्किल हुने नागररिकका लागि ढम्कनेमा  कालाजग्रा टावर र फोनपार्क निर्माण गर्नु भनेको कागलाई बेलपाक्यो हर्ष न बिस्मात हो स्थानीय गोरख  धामीले भने । 

 त्यसैगरी बुढीगंगा नगरपालिकाको वडानं चार  कोटमा निर्माण गरिएको  बार्जुकोट भ्युटावर पनि प्रयोग विहीन छ । बाजुराको पश्चिम क्षेत्रको सबै भन्दा अग्लो ठाउँ बार्जूकोट त्यही माथिको भ्यूटावरको अर्थ छैन । जनताको आवस्यकताको योजान हुंदैहैन ।  नेताका कार्यकर्ता भरणपोषणका लागि आएका योजनाको कुनै अर्थ छैन स्थानीय भोजराज पाध्यायको भनाई छ । कार्यकर्ताको उक्साहटमा राज्यस्रोतको दोहन भएको छ , मान्छेलाई सहजरुपमा हिड्ने बाटो छैन । खाने पानी छैन ।  पढ्ने स्कुल छैनन् । स्कुल भवन र बाटो निर्माणमा स्थानीयले जनश्रमदान गर्नुपरेको छ। स्कुल भवन बनाउने  श्रमिकको ज्याला  सरकारले अहिले सम्म भुक्तानी गर्न सकेको छैन ।  सर्वसुलभ स्वास्थ्य सुविधा दिन नसकेको अवस्थामा लाखों रुपैंया खर्च गरेर निमार्ण गरिएका बेकामे भ्युटावरको काम छैन । बजुरेली नागरिकको अहिलेको आवस्यता भ्युटावर चढ्ने हैन । शुलभ शिक्षा , स्वास्थ्य बाटो र पोषणयुक्त खाद्यन्नको आवस्यकता हो  स्थानीय रमेश नेपालीले गुनासो गरे । 

          डिभिजन बन कार्यालय बाजुराका सूचना अधिकारी शुभाषचन्द्र अयडीका अनुसार बुढिनन्दा नगरपालिका २ कोल्टीको भुवानीमाण्डौं भ्युटावरका लागि २० लाख रुपैंया, बुढिगंगा नगरपालिकाको बार्जुकोट दरवार भ्युटावर निर्माणका लागि ५० लाखमा ३३ लाख १२ हजार ४ सय ९९  रुपैंया र बडिमालिका नगरपािलका वडा न. सात स्थित कालाजग्रा भ्युटावर तिसलाख रुपैंयामा २९ लाख एक हजार चार सय ३८ रुपैंया भुक्तानी भएको छ । उक्त रकम प्रदेश सरकारबाट डिभिजन वनकार्यालयमा आएको थियो । उक्त योजना  डिभिजन वनकार्यालयको  नभएको प्रदेशबाट डिभिजन बनमार्फत भुक्तानीिगर्नुपर्ने गरी आएकोले कहाँ कसरी आयो आफूलाई थाह नभएको सूचना अधिकृत अयडीले भने ।  

  बाजुरा आफैमा भ्युटावरको जिल्ला हो , यहाँ  हजारौं डाँडाले भ्युटावरको काम गरेको छ । फोन नलाग्दा अग्लो डाँडामा पुगेर फोन लाग्ने प्रकृतीले गुन लगाएको जिल्लाहो , जनताको आवस्यकता भन्दा नेताको पहुँचमा आएका योजनाले जनताको विकास गर्दैनन् बडिमालिका नगरपािलकाका संस्थापक मेयर पदम बडुवालले भने । 

   प्रकृतिक भ्युटावरको  जिल्लामा  अप्रकृतिक भ्युटावर, फोनपार्कमा लगानी गर्नुभन्दा बडिमालिका  वडानं  तिन र जालीको तरकारी शुलभ दरमा मार्तडी  ल्याउन चोयाकोटदेखि जिल्ला अस्पतालको डिल सम्म रोपवय निर्माण गरे किसानलाई सहज हुन्थ्यो ।  बजारवासीले सस्तो र ताजा अर्गानिकक तरकारी खान पाउँथे,नेकपा समाजवादीका जिल्ला सचिव निरवहादुर शाहीले भने । तिपाडा‐मनामा रोपवय सञ्चालन गर्दा मनाका सयौं कृषकलाई राहत भएको उदाहरण दिदै बिकास जनमुखी हुनपर्छ सचिव शाहीले भने ।  भ्युटावर त  सुविधा सम्पन्न सपिङ्ग कम्प्लेक्सका लागि हो , दिनभरी काम गरेर बेलुकी एककिलो चामल किन्ने । एक गाउँबाट अर्को गाउँ जान घण्टैं पैदल हिड्न् र सुलभ स्वास्थ्यसुविधा नपाएका नागरिकालागि भ्युटावर आवस्यकता हैन मालिका माविका प्रधानाध्यापक शुभराज पाध्यायको भनाई छ ।

  कोल्टी, कालाजग्रा  र कोटका भ्युटावर त राज्य श्रोतको दुरुपयोगका एक प्रतिनीधिमुलक घटनामात्र हुन् । नेताको पहुँचमा आएका फोनपार्क भ्युटावर कर्णाली नदीतटमा वनाइका खेलमैदान कागजमा देखिने सिंचाई तथा खानेवपनी योजना, आठजना  विद्यार्थी पढ्ने स्कुलमा  वार्षिक करोड  रुपैंया  खर्च गर्ने पद्धति बाजुरेली   सोझा बाजुरेली नागरिकको नियति बनाई दिएका छन् ।