करोडौंको काठ दाउरा कुहिएर नास

3.48k
Shares

उदयपुर ।

उदयपुरको राष्ट्रिय वन मातहतको सामुदायिक वन उपभोक्ता समितिभित्र करोडौँका बहुमूल्य साल र अन्य जातका काठहरु बिक्री व्यवस्थापन नहुँदा कुहिएर नास हुँदै गएको छ ।

खसगरी सामुदायिक वनउपभोक्ता समूहभित्रका काठ दाउरा जुन आर्थिक वर्षमा काटिएको वा जम्मा गरिएको हो सोही वर्षभित्रमा आन्तरिक रुपमा वा बाह्य रुपमा बिक्री वितरण गरिसक्नु पर्ने नीति रहेको भए पनि काठ दाउरा विक्री नहुँदा राखिएको ठाउँमा नै कुँहिएर काम नलाग्ने भैरहेको छ ।

उदयपुरको त्रियुगा नगरपालिका वडा नं १ र २ मा पर्नै मोतियाही सामुदायिक वन उपभोक्ता समूह र कंग सामुदायिक वन उपभोक्ता समूहको वन सगरमाथा आन्तरिक विमानस्थल बनाउने नाममा १५६.११ हेक्टर वन फडानी गरिएको र त्यहाँबाट निस्किएको काठा दाउरा बिक्री नहुँदा कुहिएर नास भएको छ । मोतियाही वन उपभोक्ता समिति त्रियुगा नपा २ का काठहरु प्राय सबे विक्री भएको तर कंग सामुदायिक वनको काठ दाउरा भने विक्री हुन सकेको छैन ।

यस विषयमा डिभिजन वन कायाृलय गाईघाट उदयपुरका वन अधिकृत तथा सूचना अधिकारी जागेश्वर साहले उदयपुर जिल्लामा गत विगत वर्षहरुमा जे जति कटान आदेश भए ति मध्ये केही सामुदायिक वनहरुको काठ दाउरा बिक्री हुन बाँकी देखिन्छ । सगरमाथा विमानस्थल निर्माण गर्न मोतियाही र कंग सामुदायिक वन उपभोक्ता समूहको काठ दाउरा घाटगद्दीमा बाँकी देखिन्छ ।

वन सरोकारबाला उपभोक्ता त्रियुगा नगरपालिका  वडा नं ११ का परमेश्वर घिमिरेले सामुदायिक वनभित्रबाट काटिएका काठ दाउराहरुको व्यवस्थापन सामुदायिक वनले नै व्यवस्थापन गर्ने हो । सामुदायिक वनभित्रको काठ दाउरा लैजाने बिक्री  वितरण गर्ने हक अधिकार सामुदायिक वनमा नै रहेको बताए ।

त्रियुगा नपा वडा नं ११ मा रहेको चप्पन सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष महेन्द्र कुमार सिग्देलले काठ दाउरा आन्तरिक रुपमा विक्री हुने गरेको जानकारी दिंदै दाउरा मात्र ४२ लाख ४४ हजार १८३ रुपैयाको बिक्री भएको र दाउरा बिक्रीबाट राजस्व १ लाख ५९ हजार ९ सय, काठ बिक्रीबाट राजस्व २ लाख ३३ हजार४६१ रुपैया प्राप्त गरेको बताए । सिग्देलले काठ दाउरा बाह्य बिक्रीकालागि समितिको निर्णयले मात्र हुने भएकोले हाल सो निर्णय नभएको र बाह्य बिक्रीकालागि काठ दाउरा प्रयाप्त नरहेको। यहाँ भएका उपल्ब्ध काठ दाउरा आन्तरिक रुपमै खपत हुने गरेको बताए ।

सामुदायिक वन उपभोक्ता महासंघ उदयपुर जिल्ला शाखाका अध्यक्ष कुशलबाबु बस्नेतले जिल्लामा २ वटा डिभिजन वन कायाृलय र ३९६ वटा सामुदायिक वन रहेको र ८५ प्रतिशत स्थानीय जनता सामुदायिक वनमा सहभागि रहेको जानकारी दिंदै ३९६ बटै सामुदायिक वनहरुले वन एैन नियम अनुसार नै वनभित्रका काठा दाउरा उपयोग गर्ने गरेको बताए ।

सामुदायिक वनका उपभोक्ता उदयपुरगढी ६ का बोध कुमार घिमिरेले सामुदायिक वनभित्रका धेरै रुखहरुले मानव बस्तीलाई समस्यामा पार्ने अवस्था रहेको बताउँदै बाङ्गा, ढलेपढेका सुकेका रुखहरुलाई वनमा हेरेर खोजेर सामुदायिक वनले तत्काल हटाउने र व्यवस्थापन गर्नु पर्ने हुन्छ । यो अधिकार सामुदायिक वनमा रहेकोले यस तर्फ ध्यान दिनु पर्ने बताए ।

त्रियुगा नपा वडा नं २ को कंग सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष श्याम नारायण चौधरीले सामुदायिक वनका काठ दाउराहरु आन्तरिक खपतकालागि घाटगद्दी गरेर राखिएको छ । यसको भ्याट तिर्नु पर्छ भने राजस्व पनि बुझाउनु पर्छ । काठ दाउरा बिक्रीबाट प्राप्त रकम विद्युत खानेपानी, सडक तथा विद्यालयमा तथा आवश्यकताअनुसार विभिन्न क्षेत्रमा खर्च गर्ने गरेको बताए । 

त्रियुगा नगरपालिका वडा नं १० को बरुवा सामुदायिक वन उपभोक्ता समूहका पूर्व अध्यक्ष भगवती प्रसाद काफ्लेका अनुसार सामुदायिक वनभित्रका काठ दाउरा गिट्टी बालुवा ढुङ्गा चोरी निकासी हुने गरेको र समूह बाहिर र भित्रका गैर जिम्मेवार मानिसहरुको समूहले दोहन गरेर वन नै सखाप हुने अवस्था रहेको बताए ।