आफ्ना के सपना सजाउनु तिमी माता र पिता छलि।
भन्थे लौ उठ जाग जञ्जिर विना आगो उकेली जलि।।
माओका पनि क्रान्ति लेनिन जसै आदर्शका वीरता।
फोस्रा भाषण गाउछौं अझ कठै आँखा निदाए यता।1।
चम्केका विजुली झिलिक्क सरिका आदेश मान्दै गए।
लाग्दै लाम हजार बार हमला किल्ला उडाई रहे।।
दर्बारै नपसी प्रहार बदला के लिन सकिन्छ खै ।
घर्बारै नबुनी चुडेर सपना टुक्रिन्छ टुक्रिन्छ है ।2।
माटोमा सपना टुसाउन्न अहो बर्षौं भयो के तर।
पोखेका रगतै सुकेर बलियो पाषाण वन्यो धरा ।।
अत्याचार भयो चिता अजिवले हाँस्दै छ खित्का छाडी।
छाड्दैनौ किन कुर्सी मोह तिमिले जाला कि प्राणै फालि।3।
त्याग्यौ नि ! परिवार झ्वाट्ट तिमिले यो देशका खातिर ।
के पायौ र ! अझै लुछालुछ गरि नेता रमाए हेर।।
त्रेतामा अहिल्या र गौतम परे चन्द्रै सिकारी रथि ।
को होला कलिमा नि राम ;रहकै ज्ञानी गुणी सारथी।4।
खाली पेट कयौं विते रगतका खाटा नवस्दै रत्ती।
घाऊ ती पिलिएर श्वास ग्रहणमा गाह्रो बनायो अति ।।
बिर्स्यौ के सहजै शहीद शवका हिंसा र पीडा सवै ।
बाँचेनौँ त शरीर खाग बनिगो जागै छ इच्छा अझै ।5 ।
मीरा घिमिरे
रचनाकार मिति २०५६ पौष १९ गते २२ वर्षको कलिलो उमेरमा राज्यद्वारा हत्या गरिएकी सहिद गीता घिमिरेकी सहोदर बहिनी हुनुहुन्छ ।
प्रतिक्रिया